जम्मूको अखनूरमा पाकिस्तानद्वारा घुसपैठको प्रयासलाई सेनाले पाऱ्यो विफल, गोलीबारीमा जेसीओ शहीद
जम्मूको अखनूरमा गोलीबारीमा जेसीओ शहीद


जम्मू, 12 अप्रेल (हि.स.)। पाकिस्तानको सेनाले शुक्रवार अबेर राति जम्मूको अखनूरको पुलिस स्टेशन खौर अन्तर्गत केरी बट्टल सेक्टरमा तैनात 09 पंजाब (सेना) द्वारा सञ्चालित भारतीय अग्रिम चौकीमा साना हतियारहरूले गोलीबारी गऱ्यो। यसको जवाफमा भारतीय सेना (09 पंजाब र 18 मराठा एमएलआई) ले पनि गोलीबारी गरेर कडा जवाफ दियो।

यस क्रममा अखनूर सेक्टरमा हिजो राति आतङ्कवादीहरूसॅंग भएको गोलीबारीमा गम्भीर रूपमा घाइते भएका सेनाका जूनियर कमीशन अधिकारी (जेसीओ) ले शनिवार अन्तिम सास लिएका छन्। अधिकारीले भने, सेनाले केरी बट्टल सेक्टरमा अग्रिम चौकी छेउ आतङ्कवादीहरूको घुसपैठको प्रयासलाई विफल गरिदियो। आतङ्कवादीहरूले पेट्रोलिङ टीममाथि गोलीबारी गरेको थियो। यस घटनामा एक जेसीओ 12 गम्भीर रूपमा घाइते भए। उनलाई तत्काल उपचारको निम्ति अस्पताल लगियो।

अधिकारीले उपचारको क्रममा गम्भीर रूपमा घाइते जेसीओलाई बचाउन नसकेको बताए। उनी कर्तव्य पथमा शहीद भएको उनले बताए।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande