प्रधानमन्त्रीले मप्रका मुख्यमन्त्रीको पहल 'सम्राट विक्रमादित्य महानाट्य' को प्रस्तुतिको सराहना गरे
मोदी


भोपाल, 12 अप्रेल (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले मुख्यमन्त्री डा. मोहन यादवको पहलमा दिल्लीको ऐतिहासिक लाल किल्ला मैदानमा शनिवारदेखि हुने तीन दिवसीय 'सम्राट विक्रमादित्य महानाट्य' र यससित सम्बन्धित प्रदर्शनीहरूको आयोजनको सराहना गरेका छन्।

प्रधानमन्त्रीले आफ्नो सन्देशमा भनेका छन्, मध्य प्रदेशका उर्जावान मुख्यमन्त्री डा. मोहन यादवको मार्गदर्शनमा आय़ोजित यस महोत्सवको माध्यमले सम्राट विक्रमादित्यको गौरवगाथा र वैभवलाई जन-जनसम्म पुऱ्याउने प्रयास गरिँदैछ, यसलाई लिएर म खुशी छु। उनले कार्यक्रमका आयोजकहरू र यसमा हिस्सा लिइरहेका देशका कलाकारहरूलाई आयोजनको सफलताको हार्दिक बधाई र शुभकामना दिएका छन्।

जनसम्पर्क अधिकारी संदीप कपूरले शनिवार जानकारी गराए, प्रधानमन्त्री मोदीले आफ्नो सन्देशमा लेखेका छन्, युगपुरूष सम्राट विक्रमादित्यको शासनकाल जनकल्याण, सुशासन र सांस्कृतिक पुनरूत्थानको निम्ति चिनिन्छ। उनी भारतको न्यायप्रिय र लोक कल्याणकारी नेतृत्व परम्पराको प्रतीक थिए। उनले साहित्य, कला र विज्ञानलाई जुन रूपमा प्रोत्साहित गरे, त्यो आजपनि हाम्रो निम्ति आदर्श हो। उनको कालको ‘विक्रम सम्बत’ परम्परा आजपनि भारतीय संस्कृतिको पहिचान हो। सम्राट विक्रमादित्य महानाट्य र प्रदर्शनीको महत्व एक सांस्कृतिक आयोजनभन्दा पनि माथि छ। यसको उद्देश्य हाम्रो इतिहास, हाम्रो मूलहरू र हाम्रो आत्मबोधलाई एक उत्सवको रूपमा मनाउनु हो। मलाई विश्वास छ, यस्ता आयोजनहरूले वर्तमान र भविष्यका पीढ़ीहरू भारतको स्वर्णिम अतीतसित परिचित हुनेछ र त्यसबाट प्रेरणा लिएर राष्ट्र निर्माणमा अगाड़ी बढ्नेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande