गान्तोक गट ट्यालेन्ट जस्ता कार्यक्रमहरूले सकारात्मक उर्जाको सञ्चार गर्दछ: राज्यपाल
गान्तोक गट ट्यालेन्ट


गान्तोक, 15 अप्रेल (हि.स.)। राजधानीको एमजी मार्गमा आज आयोजित 'गान्तोक गट ट्यालेन्ट' कार्यक्रममा सिक्किमका राज्यपाल ओम प्रकाश मा​थुर मुख्य अतिथि तथा मुख्यमन्त्री प्रेमसिंह तामाङ विशिष्ट अतिथिका रूपमा सहभागी बने। यस कार्यक्रमको आयोजन गान्तोक जिल्ला प्रशासनले 'स्टार अफ् होप' को सहयोगमा गरेको थियो, जसले युवाहरूलाई आफ्नो कला र प्रतिभा प्रदर्शित गर्न एउटा मञ्च प्रदान गर्छ।

कार्यक्रमको आयोजन बेटी बचाओ बेटी पढाओ र नशामुक्त भारत अभियान जस्ता महत्वपूर्ण अभियानहरू अन्तर्गत गरिएको थियो। यसको उद्देश्य समाजमा जागरूकता फैलाउनु र युवाहरूलाई प्रेरित गर्नु रहेको थियो।

आफ्नो सम्बोधनमा राज्यपालले सिक्किम आफ्नो प्राकृतिक सुन्दरता र सांस्कृतिक समृद्धिको निम्ति चिनिन्छ भन्दै यस प्रकारको मञ्चले प्रतिभाहरूलाई प्रोत्साहित गर्नुका साथै समाजमा सकारात्मक उर्जाको पनि सञ्चार गर्दछ भनी बताए। उनले नाटकको प्रशंसा गर्दै यस्ता नाटकहरू सिक्किमका हरेक ठॉंउहरूमा गरिनुपर्छ ताकि सिक्किम नशामुक्तिको दिशामा अग्रसर बन्न सकोस् भनी बताए।

राज्यपालले युवाहरूलाई प्रेरित गर्दै नानीहरूलाई खेलकुद र कलाको क्षेत्रमा प्रोत्साहित गर्नु आवश्यक रहेको बताए। यसले उनीहरूको शारीरिक र मानसिक स्वास्थ्य लाभका साथै जीवनलाई सार्थक दिशा मिल्ने उनले बताए। राज्यपालले सबै प्रतिभागीहरूको सराहना गर्दै उनीहरूलाई समाजको निम्ति प्रेरणा र रोल मडल बताए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande