तीनधारेमा नाटक प्रदर्शनपछि तीनधारे नाट्य टोलीको समीक्षा सभा सम्पन्न
तीनधारेमा नाटक प्रदर्शनपछि तीनधारे नाट्य टोलीको समीक्षा सभा सम्पन्न


खरसाङ, 15 अप्रेल (हि.स.)। तीनधारे नाट्य टोलीको एक सभा तीनधारेको क्रिकेट बजारस्थित बल संघ भवनमा सम्पन्न भयो। सभामा गत वर्ष 27 अक्टोबर, 2024 को दिन स्थानीय महात्मा गाँधी हलमा प्रदर्शन गरिएको नाटक 'कालो छाँया' को समीक्षा गरियो।

सभामा नाटक मञ्चनको खर्चपातको फाँटवारी टोलीकै कोषाध्यक्षा शिक्षा मगरले सबै समक्ष राखिन् भने उब्रेको रकमबारे पनि छलफल गरियो। उब्रेको रकम नाटकको नि:शुल्क रिहर्शल गर्न बाल संघको भवन प्रयोग गर्न दिएकोमा आभार स्वरूप बाल संघलाई दिने सर्वसम्मतिमा निर्णय गरिएको छ।

यस अवसरमा सबै नाट्य कलाकार साथै नाटकका निर्देशक तथा नाटककार सुवास बान्तवाको बाहुलीद्वारा आभार स्वरूप नाटकको अभिनय निदेशक जेबी गुरूङलाई एउटा 'आभाराभिन्दन पत्र' प्रदान गरियो। यसरी नै समाजसेवी संगीतकार, नाटककार गौतम मोक्तानलाई पनि यस नाटक मञ्चनमा आर्थिक साथै नैतिक सहयोगको निम्ति आभार व्यक्त गर्दै सम्मानित गरियो।

पूर्व शिक्षक एवं वरिष्ठ व्यक्तित्व जेबी गुरूडले यो नाटक 32 वर्षपछि तीनधारेमा प्रदर्शन भएको बताउॅंदै नाटक आफूले सोचेभन्दा धेरै नै उत्कृष्ट भएकोमा सबैलाई बधाई अनि आशीर्वाद दिए। नाटककार सुवास बान्तवाले सबै दर्शकवृन्द, कलाकार, संगीतकार, उद्घोषकप्रति आभार व्यक्त गरेका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande