नोकरी गुमाउने शिक्षकहरूलाई ममताको आश्वासन, यसै वर्ष हुनेछ समस्याको समाधान
नोकरी गुमाउने शिक्षकहरूलाई ममताको आश्वासन, यसै वर्ष हुनेछ समस्याको समाधान


कोलकाता, 17 अप्रेल (हि.स.)। सर्वोच्च न्यायालयको आदेशपछि बिहीवार आफ्नो नोकीर गुमाउने 'योग्य' शिक्षकहरूलाई अस्थायी राहत प्राप्त भयो। सुप्रीम कोर्टको आदेश अनुसार 'योग्य' शिक्षकहरू आगामी 31 दिसम्बर, 2025 सम्म स्कूलमा उपस्थित हुन सक्नेछन्।

सुप्रीम कोर्टको आदेशपछि मुख्यमन्त्री ममता ब्यनर्जीले बिहीवार नवान्नमा एक प्रेस कन्फ्रेन्सलाई सम्बोधन गर्दै भनिन्, राज्यले यो सुनिश्चित गरिरहेको छ कि योग्य शिक्षकहरूलाई कुनै पनि समस्याको सामना गर्न नपरोस्। सर्वोच्च न्यायालयमा पनि अपील दर्ता गरिएको छ। यसपालि अदालतले त्यस अनुरोधमा प्रतिक्रिया दिएको छ। मुख्यमन्त्रीले आशा व्यक्त गरिन्, यसै वर्ष समस्याको समाधान हुनेछ।

बिहिवारको आदेशमा सुप्रीम कोर्टले भन्यो, एसएससीले आगामी 31 मईसम्ममा नयाँ भर्तीको गाइडलाइन जारी गरोस्। सबै भर्ती प्रक्रिया यसै वर्षको आगामी 31 दिसम्बरसम्ममा पूरा हुनुपर्छ। यसपूर्व वर्ष 2016-को शिक्षक भर्ती मामिलासित सम्बन्धित फसेला सुनाउँदै चीफ जस्टिसको खण्डपीठले भनेको थियो, भर्ती प्रक्रिया तीन महिनाभित्रमा पूरा गरिनुपर्छ। तथापि त्यसबेला यो प्रश्न उठेको थियो, यतिको छोटो समयमा सबै प्रक्रिया पूरा गर्न सम्भव होला। यस मुद्दामा टिप्पणी गर्दै मुख्यमन्त्रीले भनिन्, हामीसित दिसम्बरसम्मको समय छ। यसै वर्षभित्रमा सबै समस्याहरूको समाधान गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande