गीता र नाट्यशास्त्रलाई यूनेस्कोको मेमोरी अफ् द वर्ल्ड रजिस्टरमा सामेल गरिएकोमा प्रधानमन्त्रीद्वारा खुशी प्रकट
गीता र नाट्यशास्त्रलाई यूनेस्कोको मेमोरी अफ् द वर्ल्ड रजिस्टरमा सामेल गरिएकोमा प्रधानमन्त्रीद्वारा खुशी प्रकट


नयॉं दिल्ली, 18 अप्रेल (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले गीता र नाट्यशास्त्रलाई यूनेस्कोको मेमोरी अफ् द वर्ल्ड रजिस्टरमा सामेल गरिएकोमा खुशी व्यक्त गरेका छन्। उनले यस उपलब्धिलाई संसारभरिका भारतीयहरूको निम्ति गर्वको क्षण बताएका छन्।

प्रधानमन्त्रीले आफ्नो एक्स अकाउण्टमा लेखेका छन्, 'गीता र नाट्यशास्त्रलाई यूनेस्कोको मेमोरी अफ् द वर्ल्ड रजिस्टरमा सामेल गरिनु शाश्वत ज्ञान र समृद्ध संस्कृतिलाई वैश्विक मान्यता प्रदान गर्नु हो। गीता र नाट्यशास्त्रले शताब्दियौंदेखि सभ्यता र चेतनाको पोषण गरेको छ।'

यस अघि केन्द्रिय संस्कृति एवं पर्यटन मन्त्री गजेन्द्र सिंह शेखावतले एक्समा गीता र नाट्यशास्त्रलाई यूनेस्कोको मेमोरी अफ् द वर्ल्ड रजिस्टरमा सामेल गरिएको जानकारी साझा गरेका थिए।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande