गान्तोक, 21 अप्रेल (हि.स.)। मुख्य निर्वाचन अधिकारीले आज विभिन्न राजनीतिक पार्टीका प्रतिनिधिहरूसॅंग बैठक गरे। यो बैठक भारतीय निर्वाचन आयोगको निर्देशन अनुरूप मासिक अन्तरक्रियाको एक भागको रूपमा आयोजना गरिएको थियो।
बैठक अप्रेल 2025 मा आयोजित राजनीतिक दलको बैठकमा उठाइएका र समाधान गरिएका मुद्दाहरूको समीक्षामा केन्द्रित थियो। यसको उद्देश्य सहज समन्वय सुनिश्चित गर्नु र बाँकी रहेका सरोकारहरूलाई सम्बोधन गर्नु थियो।
बैठकमा फेक भोटरहरूको पञ्जीकरण, मतदाताहरूको स्थानान्तरण, बीएलओहरूको नियुक्तिलाई छिटो अगाडि बढाउनु पर्ने आवश्यकता जस्ता विषयहरूमाथि छलफल गरियो। दिव्याङ्गहरूको निम्ति शिविरको आयोजना, मतदान केन्द्रहरूको औचित्यीकरण, मतदाता दर्ता अद्यावधिक, दावी र आपत्ति, र ईपीआईसी-सम्बन्धित सरोकार जस्ता विषयहरू पनि बैठकमा चर्चा गरिएको थियो।
बैठकले गैर-चुनाउ अवधिहरूमा राजनीतिक दलहरूसँग राम्रो सहकार्यमा जोड दियो र दिव्याङ्ग मतदाताहरूको नामांकन सुधार गर्ने प्रयासहरूलाई प्रोत्साहित गर्यो। राम्रो तयारी सुनिश्चित गर्न बीएलएहरूको नियुक्तिलाई छिटो गर्न दलहरूलाई आग्रह गरियो।
हिन्दुस्थान समाचार / बिशाल