नयॉं दिल्ली, 21 अप्रेल (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले सोमवार क्याथोलिक इसाई धर्मगुरु पोप फ्रान्सिसको निधनमा दु:ख प्रकट गरेका छन्। उनले पोप फ्रान्सिसलाई संसारभरिका लाखौं मानिसहरूले सदैव करुणा, विनम्रता र आध्यात्मिक साहसको प्रतीकको रूपमा सम्झाना गर्नेछन् भनी बताएका छन्।
प्रधानमन्त्री मोदीले पोप फ्रान्सिससॅंग भेटको फोटोहरू साझा गर्दै सोशियल मिडिया प्लेटफर्म एक्समा लेखेका छन्, 'परम पूज्य पोप फ्रान्सिसको निधनले म अत्यन्तै दु:खी छु। दु:ख र स्मरणको यस घडीमा वैश्विक क्याथोलिक समुदायप्रति मेरो हार्दिक समवेदना छ। पोप फ्रान्सिसलाई संसारभरिका लाखौं मानिसहरूले सदैव करुणा, विनम्रता र आध्यात्मिक साहसको प्रतीकको रूपमा सम्झाना गर्नेछन्। सानै उमेरदेखि उहॉंले प्रभु ईसा मसीहका आदर्शहरूलाई साकार बनाउन स्वयंलाई समर्पित गरेका थिए। उहॉंले गरीब र वंचितहरूको लगनले सेवा गरे। जो पीडित थिए, उनीहरूका लागि आशाको भावना जगाए।'
उनले अझ लेखेका छन्, 'म उहॉंसॅंग भएको भेटको सम्झाना गर्दछु र सर्वांगीण विकासप्रति उहॉंको प्रतिबद्धताले धेरै प्रेरित भए। भारतका मानिसहरूप्रति उहॉंको स्नेहलाई सदैव कदर गरिने छ। उहॉंको आत्मालाई ईश्वरको काखमा शान्ति मिलोस्।'
उल्लेखनीय छ, पोप फ्रान्सिसको सोमवार वेटिकनको कासा सांता मार्टास्थित उनको आवासमा निधन भयो। उनी 88 वर्षका थिए।
हिन्दुस्थान समाचार / भवानी थामी