विशेष जुविनायल पुलिस यूनिटलाई लिएर प्रशिक्षण कार्यक्रम आयोजित
विशेष जुविनायल पुलिस यूनिटलाई लिएर प्रशिक्षण कार्यक्रम आयोजित


सोरेङ, 21 अप्रेल (हि.स.)। सोरेङ जिल्लाको जिल्ला प्रशासनिक केन्द्रको भीडियो कन्फ्रेन्स हलमा आज विशेष जुविनायल पुलिस युनिटलाई लिएर अतिरिक्त जिल्लापाल डीआर विष्टको अध्यक्षतामा एक प्रशिक्षण कार्यक्रम आयोजन गरियो। कार्यक्रम आयोजना गरिनुको मुख्य उद्देश्य जुविनायल न्याय (केयर प्रोटेक्सन अफ् चिल्ड्रेन) ऐन, 2015, एनडीपीएस ऐन, 1985, सिग्रेट एवं अन्य सुर्तीजन्य पदार्थ (कोप्टा) ऐन, 2003 र सिक्किम एन्टी ड्रग्स एक्ट (साडा) बारेमा गहन ज्ञान र समझको साथमा विशेष जुविनायल पुलिस युनिटका अधिकारीहरूलाई तयार गर्नु रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै अतिरिक्त जिल्लापाल डीआर विष्टले यस प्रशिक्षण कार्यक्रम आयोजना गरिनुको मुख्य उद्देश्य सोरेङ जिल्लामा जुविनायल जस्टिस प्रक्रियालाई मजबुत बनाउनु रहेको बताए। उनले विशेष जुविनायल पुलिस युनिट गठनबारे जानकारी गराउँदै यसको स्थापना गत 25 जनवरी, 2025 मा भएको बताए।

उनले जुविनायलहरूसँग सम्बन्धित मामिलाहरूको कुशलतापूर्वक निस्तारण सुनिश्चित गर्न अधिकारीहरूको प्रशिक्षणको महत्वमाथि प्रकाश पारे। उनले सहभागी पुलिस अधिकारीहरूलाई यो कार्यक्रमलाई गम्भीरतापूर्वक लिन आग्रह गर्दै प्राप्त ज्ञानलाई व्यवहारिकरूपमा कार्यान्वयनमा ल्याउन आग्रह गरे।

अधिवक्ता एवम् कार्यक्रमका स्रोतवक्ता नेहा धुदानीले जुविनायल जस्टिस ऐन र सिग्रेट र अन्य तम्बाकु जन्य उत्पादित ऐन, 2003 माथि प्रकाश पारिन्। उनले बाल न्याय ऐनको ऐतिहासिक पृष्ठभूमि, प्रमुख परिभाषा र उद्देश्यबारेमा विस्तृतरूपमा जानकारी गराइन्। उनले यो ऐन कार्यान्वयन गर्दा आइपर्ने विभिन्न चुनौतीहरूको बारे

हिन्दुस्थान समाचार / प्रदीप


 rajesh pande