राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री सहित अनेक नेताले फिल्म अभिनेता मनोज कुमारको निधनमा शोक व्यक्त गरे
राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री सहित अनेक नेताले फिल्म अभिनेता मनोज कुमारको निधनमा शोक व्यक्त गरे


नयाँ दिल्ली, 04 अप्रेल (हि.स.)। राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति जगदीप धनखड़ र प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रिय गृहमन्त्री अमित शाह सहित तमाम नेताहरूले शुक्रवार महान अभिनेता एवं फिल्म निर्माता मनोज कुमारको निधनमा शोक व्यक्त गरे। फिल्महरूमा आफ्नो देशभक्तिपूर्ण भूमिकाहरूको कारण भारत कुमारको नामले विख्यात मनोज कुमारको आज 87 वर्षको आयुमा मुम्बईको कोकिलाबेन धीरूभाई अम्बानी अस्पतालमा निधन भयो।

राष्ट्रपतिले एक्समा पोस्ट गरी भनेकी छन्, महान अभिनेता एवं फिल्मकार मनोज कुमारको निधनले दुःखी छुँ। उनले भारतीय सिनेमामा अमिट छाप छोड़ेका छन्। आफ्नो लामो र प्रतिष्ठित करियरमा उनी आफ्नो देशभक्ति फिल्महरूको निम्ति चिनिनेगर्थे, जसले भारतको योगदान र मूल्यहरूमाथि गर्वको भावनालाई बढ़ाउनेगर्थ्यो। उनले राष्ट्रिय नायकहरू, किसानहरू र सैनिकहरूको जुन प्रतिष्ठित चरित्रहरूलाई जीवन्त गरे, त्यो हाम्रो सामूहिक स्मृतिमा अंकित रहनेछ। उनको सिनेमाले राष्ट्रिय गौरवलाई जगाउनेछ र भावी पीढ़ीहरूलाई प्रेरित गर्नेछ। म उनको परिवार र प्रशंसकहरूप्रति आफ्नो हार्दिक समवेदना व्यक्त गर्दछु।

उपराष्ट्रपति जगदीप धनखड़ले आफ्नो शोक सन्देशमा एक्समा भनेका छन्, पद्मश्री र दादा साहब फाल्के पुरस्कारले सम्मानित एवं भारतीय सिनेमाका महान व्यक्तित्व मनोज कुमारको निधनले दुःखी छु। आफ्नो देशभक्ति फिल्महरूको निम्ति प्रसिद्ध, उनले लोकप्रिय संस्कृतिमा राष्ट्रवादको भावनाको संचार गरे र भारतको सांस्कृतिक संरचनामा अमेट छाप छोड़े। उनको विरासतले पीढ़ीहरूलाई प्रेरित गरिरहनेछ। यस दुःखको क्षणमा उनको परिवारका सदस्यहरू र प्रशंसकहरूप्रति मेरो हार्दिक समवेदना छ।

प्रधानमन्त्री मोदीले एक्समा पोस्ट गरेका छन्, महान अभिनेता एवं फिल्मकार श्री मनोज कुमारको निधनले धेरै दुःख लाग्यो। उनी भारतीय सिनेमाको प्रतीक थिए, जसलाई खासगरी उनको देशभक्तिको जोशको निम्ति याद गरिन्थ्यो, जुन उनको फिल्महरूमा पनि झल्किन्थ्यो। मनोजका कामहरूले राष्ट्रिय गौरवको भावनालाई जगायो र उनले पीढ़ीहरूलाई प्रेरित गरिरहनेछन्। यस दुःखको क्षणमा मेरो समवेदना उनको परिवार र प्रशंसकहरूको साथमा छ।

केन्द्रिय गृहमन्त्री अमित शाहले एक्समा पोस्ट गरी भनेका छन्, प्रतिष्ठित अभिनेता मनोज कुमारको निधनले धेरै दुःख लाग्यो। उनले आफ्नो असाधारण प्रतिभाले भारतीय सिनेमालाई समृद्ध गरे औं मानिसहरूमा देशभक्तिको भावना जगाएर र उनीहरूको मनमा अमिट छाप छोड़े। उनी आफ्नो अमर विरासतमा जीवित रहनेछन् र फिल्म निर्माताहरूको नयाँ पीढ़ीहरूलाई प्रेरित गरिरहनेछन्। मेरो समवेदना उनका शोकाकुल परिवार, साथीहरू र लाखौं प्रशंसकहरूको साथमा छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande