भीषण गर्मीले वृद्धको मृत्यु
भीषण गर्मीले वृद्धको मृत्यु


मालदा, 13 मई (हि.स.)। भीषण गर्मीको कारण एक वृद्ध व्यक्तिको मृत्यु भएको छ। मृतकको नाम बाबूलाल मुर्मू (70) बताइएको छ। उनी जिल्लाको हरिशचन्द्रपुर थाना क्षेत्रको गरगरी गाउँका निवासी थिए। स्थानीय मानिसहरूबाट सूचना पाइएपछि हरिशचन्द्रपुर थाना पुलिस घटनास्थलमा पुग्यो र शवलाई आफ्नो कब्जामा लिएर पोस्टमार्टमको निम्ति हरिशचन्द्रपुर अस्पताल पठायो।स्थानीय सूत्रहरू अनुसार, मंगलवार दिउँसो हरिशचन्द्रपुर- भालुका राज्य राजमार्गको छेउ बड़ाडांगी गाउँमा एउटा चिया दोकानको छेउमा वृद्ध फेला परे। वृद्धलाई धेरै बेरसम्म जस्ताको त्यस्तै अवस्थामा देखेपछि स्थानीय मानिसहरूलाई शंका भयो। जसपछि उनीहरूले यसको सूचना हरिशचन्द्रपुर थाना पुलिसलाई दिए। सूचना पाइएपछि घटनास्थलमा पुगेको पुलिसले वृद्धको जाँच गर्दा, उनलाई मृत पायो।

वृद्धका छिमेकी र गरगरी गाउँका पञ्चायत सदस्यले भने, वृद्ध लामो समयदेखि बिरामी थिए। परिवारमा उनको कोही छैन। उनका आफन्तहरूलाई सूचित गरिएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande