सोशल मीडियामा अवैध हतियारको साथ फोटो लगाउनु पऱ्यो महंगो, आरोपी पक्राउ
सोशल मीडियामा अवैध हतियारको साथ फोटो लगाउनु पऱ्यो महंगो, आरोपी पक्राउ


नयाँ दिल्ली, 13 मई (हि.स.)। उत्तर-पूर्व जिल्लाको गोकुलपुरी क्षेत्रमा व्हाट्सएप स्टेटसमा अवैध हतियारको साथ फोटो लगाउनु एक युवकलाई महंगो पऱ्यो। सूचना पाउनसाथ कारबाही गर्दै गोकुलपुरी थाना पुलिसले तत्परता देखाउँदै केही घण्टामै आरोपीलाई पक्राउ गऱ्यो। पक्रा परेको आरोपीको कब्जाबाट एक देशी कट्टा र दुई जिउँदो कारतूस जफत गरिएको छ। उत्तर पूर्वी जिल्लाका डीसीपी हरेश्वर वी स्वामीले भऩे, पक्रा परेको आरोपीको पहिचान गोकुलपुरीको संजय कोलोनी निवासी विजयको रूपमा गरिएको छ।

डीसीपीले भने, विजयले 12 मईमा आफ्नो व्हाट्सएप स्टेटसमा देशी कट्टाको साथ आफ्नो फोटो साझा गरेको थियो। यस सम्बन्धमा सूचना स्थानीय समितिको एक सतर्क सदस्यले गोकुलपुरी थानालाई दिएका थिए। सूचना पाउनसाथ एसीपी गोकुलपुरीको देखरेखमा इन्स्पेक्टर परवीन कुमार, एसएचओ गोकुलपुरीको नेतृत्वमा एक टीम गठन गरियो। पुलिस टीमले क्षेत्रमा तुरन्तै सर्च अपरेशन शुरू गऱ्यो र आऱोपीलाई गोकुलपुरीको डी-ब्लक पार्कबाट पक्राउ गरियो। आरोपीले आफ्नो अपराध स्वीकार गरेको छ। उसले अवैध हतियार कहाँबाट लिएको थियो, यसको जानकारी दिएको छ, जसको पुष्टि गरिँदैछ। पुलिस जाँचमा आऱोपी विजय पहिले भएको एक लूटपाटको मामिलामा सामेल रहेको खुलासा भएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande