राँची, 13 मई (हि.स.)। प्रतिबन्धित उग्रवादी संगठन तेस्रो सम्मेलन प्रस्तुति कमिटी (टीएसपीसी) का उप-क्षेत्रीय कमाण्डर अरविन्दको टोलीका सक्रिय सदस्य गोविन्द महतोलाई बुढमू पुलिसले मंगलवार पक्राउ गरी जेल पठाएको छ।
एसएसपी चन्दन कुमार सिन्हालाई प्रतिबन्धित संगठन टीएसपीसीका सब जोनल कमाण्डर अरविन्दको समूहका सक्रिय सदस्य गोविन्द महतो चैनगढाको जंगल हुॅंदै ईटा भट्ठा मालिकाहरूबाट पैसा उठाउन कंडरे मोडतिर आइरहेको सूचना प्राप्त भएको थियो।
सूचनाको आधारमा बुढमू पुलिस थाना प्रभारी रितेश कुमारलाई आवश्यक कारबाहीको निर्देश दिइयो। जसपछि थानाका पदाधिकारीहरू र सशस्त्र बल चैनगढा जंगलमा घेरा हालेर प्रतिबन्धित संगठनका सक्रिय सदस्य गोविन्द महतोलाई पक्राउ गरियो। महतोले ठेकेदारहरूबाट पैसा उठाउने गर्थे र अन्य आपराधिक गतिविधिहरूमा पनि संलग्न थिए। आरोपी विरुद्ध पहिले पनि ओरमांझी थानामा दुईवटा मामिला दर्ता थियो।
हिन्दुस्थान समाचार / बिशाल