महॅंगाईमा ह्रासको दाबी गर्दै ट्रम्पले फेडसित ब्याज दरहरूमा कटौतीको माग गरे
trump


वासिङ्गटन, 13 मई (हि.स.)। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले एक पल्ट फेरि फेडरल रिजर्भ (फेड) सित ब्याज दरहरूमा कटौतीको माग गरेका छन्। उनले भनेका छन्, ग्यास, ऊर्जा, किराना र लगभग हरेक चीज को दरमा ह्रास आएको छ, यसैले अब फेडले दरहरू घटाउनुपर्छ।

ट्रम्पले मंगलवार अबेर राति आफ्नो सोशल मीडिया प्लेटफर्म 'ट्रुथ सोशल' मा लेखेका छन्, अब कुनै महंगाई छैन र गेसोलीन, उर्जा, किराना र लगभग हरेक चीजको दर कम भएको छ। फेडले अब दरहरू कम गर्नुपर्छ, जस्तो यूरोप र चीनले गरेका छन्।

उनले फेड चेयर जेरोम पावेललाई एक पल्ट फेरि लक्षित गर्दै भनेका छन्, टू लेट पावेललाई के भएको छ ? यो अमेरिकाको साथ अन्याय हो, जुन अब फ्रस्टाउन तयार छ।

ट्रम्पले पहिलेपनि धेरै चोटि फेडरल रिजर्भको मौद्रिक नीतिको आलोचना गरिसकेका छन्। उनको भनाई छ, ब्याज दरहरूमा कमी भए अमेरिकी अर्थव्यवस्था मजबुत हुनेछ, खासगरी यस्तो समयमा जब विश्वका धेरै ठूलो देशहरूले अगावै घुँड़ा टेकिसकेका छन्।

यद्यपि, फेडरल रिजर्भले अहिलेसम्म निकट भविष्यमा उसले दरहरूमा कटौती गर्नेछ भनी संकेत दिएको छैन। महंगाईलाई नियन्त्रित गर्ने उद्देश्यले फेडले अगावै धेरै पल्ट दरहरू बढ़ाएको थियो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande