इस्लामाबाद, 17 मई (हि.स.)। अब पाकिस्तानमा अहमदिया समुदाय विरुद्ध हिंसा शुरु भएको छ। हिजो राति अहमदिया समुदायका वरिष्ठ डाक्टर शेख महमूदको गोली हानी हत्या गरिएको छ। एक आक्रमणकारीले उनको क्लिनिकमा प्रवेश गरे र गोली चलाए। आक्रमणकारी घटनास्थलबाट भाग्न सफल भए। यो पछिल्लो दुई महिनामा अहमदिया समुदायका व्यक्तिको तेस्रो हत्या हो।
जमात-ए-अहमदिया पाकिस्तान (जेएपी) का अनुसार घटना शुक्रवार साँझ पाकिस्तानको पञ्जाब प्रान्तको सरगोधामा भएको हो। डा. शेख महमूद आफ्नो क्लिनिकमा थिए। त्यही बेला उनीमाथि आक्रमण भयो। डाक्टरको हत्यामा तहरीक-ए-पाकिस्तानको हात हुन सक्ने आशंका गरिएको छ। मानव अधिकार समूहहरूले उनको हत्याप्रति कडा आक्रोश व्यक्त गरेका छन्।
डा. शेख महमूद मानवतावादी थिए, त्यसैले उनलाई समय-समयमा चरमपन्थीहरूबाट धम्की आउँथ्यो। उनी पहिले सरकारी नोकरीमा थिए। तर चरमपन्थी समूह तहरीक-ए-पाकिस्तानको दबाउमा उनले आफ्नो नोकरी छोड्नुपर्यो। यो घटनापछि अहमदिया समुदायमा डरको वातावरण छ। उनीहरूले सुरक्षाको माग गरेका छन्।
हिन्दुस्थान समाचार / भवानी थामी