काठमाडौं, 15 मई (हि.स.)। चीनको नेशनल पीपुल्स कांग्रेस (एनपीसी) अर्थात चीनको संसदका उपाध्यक्ष शियाओ जी हिजो राति काठमाडौं आइपुगेका छन्। नेपाली संसदको प्रतिनिधि सभाका डिप्ती स्पीकरको औपचारिक निमन्त्रणामा उनी चार दिने नेपाल भ्रमणमा आएका हुन्।
उपाध्यक्ष शियाओ जीले 16 र 17 मईका दिन काठमाडौंमा आयोजना हुने सगरमाथा संवाद कार्यक्रममा चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन्। उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा नेपाल सरकारका वन तथा वातावरणमन्त्री ऐन बहादुर शाहीले स्वागत गरेका थिए। यस अवसरमा नेपालका लागि चिनियाँ राजदूत छन सोङ पनि उपस्थित थिए।
चीनको दूतावासले भनेको छ, नेपाल भ्रमणको क्रममा शियाओ जीले नेपालका राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधि सभाका अध्यक्ष देवराज घिमिरे तथा राष्ट्रिय सभाका अध्यक्ष नारायण दहालसॅंग भेट गर्नेछन्। यसैगरी, उनको पूर्व राष्ट्रपति विद्या भण्डारी, पूर्व प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, झलनाथ खनाल एवं डा. बाबूराम भट्टराईसॅंग पनि भेट गर्ने कार्यक्रम रहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी