सिक्किम गलत राजनीतिक प्रवृत्तिको शिकार बनेको छ: गणेश राई
गणेश के राई


गान्तोक, 17 मई (हि.स.)। सिटिजन एक्सन पार्टी सिक्किमले आज रम्फूस्थित जोनल पार्टी कार्यालयमा सिक्किमको 50औं राज्य दिवस भव्य रूपमा मनायो। कार्यक्रममा पार्टी अध्यक्ष गणेश के. राई प्रमुख अतिथि रहेका थिए। यसैगरी, पार्टीका उपाध्यक्षगण, विभिन्न जिल्लाका अध्यक्षगण, महासचिवगण, पार्टी प्रवक्ता, महिला परिषद, युवा कल्याण परिषद तथा विभिन्न तहका नेता र कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

राज्य दिवसको पावन अवसरमा आयोजित यस कार्यक्रममा पार्टीका विभिन्न नेताहरूले सिक्किम राज्यको ऐतिहासिक योगदान, सत्तान्तरण प्रक्रिया, लोकतान्त्रिक विकास र समावेशी स्वरूपको महत्त्वलाई स्मरण गर्दै विचार व्यक्त गरे। पार्टी अध्यक्ष गणेश राईले राज्य दिवसको स्वर्ण जयन्ती अवसरमा समग्र सिक्किमवासीलाई शुभकामना दिँदै सिक्किमले विगत 50 वर्षमा हासिल गरेका उपलब्धिहरूको समीक्षा गरे। उनले सिक्किमले देशको समग्र विकास र राष्ट्रिय अखण्डतामा पुऱ्याएको योगदानको उच्च प्रशंसा गर्दै वर्तमान राजनीतिक अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरे।

उनले भने, “सिक्किम आज गलत राजनीतिक प्रवृत्तिको शिकार बनेको छ। सत्ता व्यक्तिवादी, भ्रष्ट र अलोकतान्त्रिक दिशामा अग्रसर भएको छ। यस्तो परिस्थितिमा सिटिजन एक्सन पार्टी सिक्किम अब जनताको एकमात्र विकल्पको रूपमा अगाडि बढिरहेको छ।” पार्टीले सिक्किम राज्यको गौरवपूर्ण इतिहासको सम्मान गर्दै नयाँ राजनीतिक संस्कार, जवाफदेहिता र समर्पित नेतृत्वमार्फत जनताको सेवा गर्ने प्रणसमेत व्यक्त गरेको छ। सिटिजन एक्सन पार्टी सिक्किमले आगामी दिनहरूमा अझ सशक्त, स्वच्छ र समावेशी राजनीतिक अभियानलाई निरन्तरता दिने दृढता प्रकट गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande