नयाँ दिल्ली, 17 मई (हि.स.)। अपरेशन सिन्दूरपछि भारतले आतङ्कवाद विरूद्ध आफ्नो दृढ़ नीतिहरूलाई वैश्विक मंचमा प्रस्तुत गर्न सर्वदलीय सात प्रतिनिधिमण्डल पठाउने निर्णय लिएको छ। यस प्रतिनिधिमण्डलले संयुक्त राष्ट्र सुरक्षा परिषदका सदस्यहरू सहित प्रमुख सहयोगी देशहरूको दौड़ाह गर्नेछ।
संसदीय कार्य मन्त्रालय अनुसार, यो यात्रा अपरेशन सिन्दूरको सन्दर्भमा गरिँदैछ, जुन भारतको सीमा पारी आतङ्कवाद विरूद्ध निरन्तर लड़ाईको प्रतीक हो। प्रतिनिधिमण्डलहरूको उद्देश्य भारतको राष्ट्रिय संकल्प र आतङ्कवादका सबै रूपहरू र स्वरूपहरू विरूद्ध उसको दृढ़ दृष्टिकोणलाई पेश गर्नु हो। यो प्रतिनिधिमण्डलले विश्वलाई भारतको आतङ्कवादप्रति शून्य सहिष्णुताको मजबूत सन्देश दिनेछ।
प्रत्येक प्रतिनिधिमण्डलमा विभिन्न राजनीतिक दलहरूका सांसद, प्रमुख राजनीतिक हस्तिहरू र विशिष्ट राजनयिक सामेल हुनेछन्। प्रतिनिधिमण्डलहरूको नेतृत्व गर्ने सांसदहरूमा सामेल छन्- शशि थरूर (कांग्रेस), रवि शंकर प्रसाद (भाजपा), संजय कुमार झा (जदयू), बैजयन्त पान्डा (भाजपा), कनिमोझी (द्रमुक), सुप्रिया सुले (एनसीपी-एसपी) र श्रीकान्त एकनाथ शिन्दे (शिवसेना)।
संसदीय कार्य मन्त्री किरण रिजिजूले सरकारको यस फसेलाको सोशल मीडिया एक्समा जानकारी दिँदै भनेका छन्, यसमा कुनै सन्देह छैन कि जब महत्वपूर्ण क्षण आउँछ तब भारत एकजुट भएर खड़ा हुन्छ। उनले यसलाई राजनीतिदेखि माथि उठेर राष्ट्रिय एकताको एक शक्तिशाली प्रतिबिम्ब बताए।
कांग्रेस नेता एवं विदेश मामिलाहरूसित जोड़िएको संसदको स्थाई समितिका अध्यक्ष शशि थरूरले भने, उनी यस निमन्त्रणको निम्ति आफूलाई सम्मानित महसूस गर्छन् र राष्ट्रिय हितका मामिलाहरूमा आफ्नो सेवा दिन तयार छन्।
उल्लेख्य, शशि थरूर अपरेशन सिन्दूर र त्यसपश्च्यात् विश्वभरिमा भारतको कुरा राख्ने प्रमुख अनुहार बनेका छन्। उनले धेरै विदेशी च्यानलहरूसित कुराकानीमा भारतीय सेना र राष्ट्रको रूपमा भारतको सामर्थ्य र संकल्पलाई विश्व सामू राखेका छन्।
कांग्रेस नेता जयराम रमेशले एक्समा जानकारी दिएका छन्, कांग्रेसले प्रतिनिधिमण्डलको सदस्यहरूको रूपमा चार सांसदको नामको पेशकश गरेको छ, जसमा आनन्द शर्मा, गौरव गोगोई, डा. सैयद नसीर हुसैन र राजा बरार सामेल छन्।
प्रतिनिधिमण्डलका सदस्य एआईएमआईएम प्रमुख असदुद्दीन ओवैसीले भने, यो कुनै पार्टीबारे होइन। यो एक महत्वपूर्ण कार्य हो र मा आफ्नो दायित्व निभाउनका लागि प्रतिबद्ध छु।
हिन्दुस्थान समाचार / भवानी थामी