हरियाणाको नूंहमा अवैध रूपमा बसिरहेका 23 बांग्लादेशी पक्राउ
हरियाणाको नूंहमा अवैध रूपमा बसिरहेका 23 बांग्लादेशी पक्राउ


नूंह, 17 मई (हि.स.)। नूंहमा पुलिसले 23 बांग्लादेशी नागरिकलाई पक्राउ गरेको छ। यी सबै यहाँ अवैध रूपमा बसिरहेका थिए र ईटा भट्टीमा काम गरिरहेका थिए। पक्रा परेका बांग्लादेशीहरूमा पुरूषहरूको साथ महिला र नानीहरू पनि सामेल छन्।

पुलिस प्रवक्ता अनुसार, पुलिसले यिनीहरू कहिले र कसरी यहाँ पुग्नबारे जाँच गरिरहेको छ।

पुलिस अनुसार, शुक्रवार अबेर राति एक गुप्त सूचना पाइएको थियो कि गाउँ बाजडकाको बिहारी ईटा भट्टीमा केही मानिसहरू अवैध रूपमा बसिरहेका छन्। उनीहरूसित कुनै वैध दस्तावेज छैन। पुलिसले यस सूचनाको आधारमा छापा मारेर ईटा भट्टीबाट 23 बांग्लादेशी नागरिकलाई समात्यो। पुलिसले सबैको कागजपत्र जाँचिरहेको छ र उनीहरू कहिले र कसरी यहाँ पुगेको जाँच गरिरहेको छ। पुलिसले ईटा भट्टीका मालिकहरूका साथै मजदूरीमा काम गराउनेहरूसित बिना सत्यापनको कसैलाई काममा नराख्ने आग्रह गरेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande