एनआईएले मुम्बई एयरपोर्टबाट आईएसआईएसका दुई सदस्यलाई पक्राउ गऱ्यो
एनआईएले मुम्बई एयरपोर्टबाट आईएसआईएसका दुई सदस्यलाई पक्राउ गऱ्यो


मुम्बई, 17 मई (हि.स.)। राष्ट्रिय जाँच एजेन्सी (एनआईए) ले शनिवार मुम्बई एयरपोर्टमा इस्लामिक स्टेट अफ इराक एण्ड सीरिया (आईएसआईएस) का फरार दुई इनामी सदस्यलाई पक्राउ गरेको छ। दुवैको पहिचान अब्दुल फैयाज शेख र तल्हा लियाकत खानको रुपमा गरिएको छ, जसले प्रतिबन्धित आतङ्कवादी संगठन आईएसआईएसको स्लीपर मोड्यूलका प्रमुख सदस्यहरूको रूपमा काम गरिरहेका थिए। एनआईएको टीमले दुवैसित सघन सोधपुछ गरिरहेको छ।

एनआईए सूत्रहरू अनुसार, आईएसआईएसका दुवै आरोपी महाराष्ट्रको पुणेमा इम्प्रोवाइज्ड एक्सप्लोसिव डिवाइस (आईईडी) को निर्माण र परीक्षणसित सम्बन्धित 2023 को एक मामिलासित जोड़िएका छन्। यी दुवैलाई फरार आरोपी घोषित गरिएको थियो र केन्द्रिय एजेन्सीले यिनीहरूको सूचना दिनेलाई 3-3 लाख रूपियाँको नगदी पुरस्कार दिने घोषणा गरेको थियो। दुवै इन्डोनेशियाको जकार्तामा लुकेका थिए। यी दुवैबारे जकार्ताबाट मुम्बई फर्किने गोपनीय जानकारी प्राप्त भएको थियो। यही जानकारीको आधारमा कारबाह गर्दै आव्रजन ब्यूरोले मुम्बई एयरपोर्ट (टर्मिनल 2) मा दुवैलाई समात्यो। यसपछि दुवैलाई एनआईएको टीमले पक्राउ गऱेको छ।

जाँचकर्ताहरू अनुसार, दुवैले 2022 मा पुणेबाट संचालित आईएसआईएस मोड्यूलको पर्दाफास भएपछि आफू भाग्ने योजना बनाएका थिए। त्यस कारबाहीमा धेरै जना पक्रा परे, जसमा नाचन पनि सामेल, जो दोषी आतङ्की साकिब नाचनको छोरा हो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande