प्रधानमन्त्री मोदीको सिक्किम भ्रमणको तयारीलाई लिएर समीक्षा सभा सम्पन्न
प्रधानमन्त्री मोदीको सिक्किम भ्रमणको तयारीलाई लिएर समीक्षा सभा सम्पन्न


गान्तोक, 17 मई (हि.स.)। देशका प्रधानमन्त्री नरेन्द्र मोदीको सिक्किम भ्रमणको तयारीलाई लिएर आज मुख्य प्रशासक वीबी पाठक र मुख्य सचिव आर. तेलाङको अध्यक्षतमा एक समीक्षा सभा सम्पन्न भयो। टाशीलिङस्थित सचिवालयको सम्मेलन हलमा सम्पन्न बैठकमा प्रधानमन्त्रीको भ्रमणलाई ध्यानमा राख्दै आवश्यक र सुरक्षा पक्षहरूलाई ध्यानमा राख्दै विस्तृत विवरणहरूमाथि छलफल गरियो।

बैठकमा सिक्किमेली सम्पदा प्रदर्शन गर्ने सांस्कृतिक कार्यक्रम, उद्घाटन र शिलान्यासका लागि परियोजनाहरूको सूचीलाई अन्तिम रूप दिने बारेमा पनि छलफल गरियो। बैठकमा विभिन्न विभागका प्रमुखहरू, वरिष्ठ अधिकारीहरू र अन्य अधिकारीहरू उपस्थित थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande