खरसाङ, 17 मई (हि.स.)। खरसाङको सिंगेल चिया बगान अन्तर्गत चारधुरा नजिक ढडेनमा बुद्धिस्ट माइनोरिटी वेलफेयर एसोसिएशनद्वारा बुद्ध पार्क निर्माणको लागि शिलान्यास गरिएको छ। उक्त शिलान्यास समारोहमा एसोसिएशनका अध्यक्ष बिरेन्द्र तामाङ, सचिव भिषन तामाङ, कार्यकारी सदस्यहरु, कोठीधुरा ग्राम सुधार समितिका पदाधिकारीहरू, अखिल भारतीय तामाङ सिंगेल शाखा पदाधिकारीहरू आदि उपस्थित रहेका थिए। धर्म गुरु प्रनिल लामाले पूजा अर्चना गरेपछि पञ्चायत प्रधान सहदेव तामाङले नरिवल फुटाएर बुद्ध पार्कको निर्माण कार्य शुरूको विधिवत शुभारम्भ गरेको बताइएको छ।
हिन्दुस्थान समाचार / हनोक