छाङ्गु नाथुला जाने सडकमा शौचालय र पेयजल सुविधाको व्यवस्था गर्न क्षेत्र विधायकको निरीक्षण भ्रमण
छाङ्गु नाथुला जाने सडकमा शौचालय र पेयजल सुविधाको व्यवस्था गर्न क्षेत्र विधायकको निरीक्षण भ्रमण


गान्तोक, 17 मई (हि.स.)। सिक्किमको चर्चित पर्यटकीय गन्तव्य छाङ्गु नाथुला र बाबा मन्दिर जाने पर्यटकहरूलाई गान्तोकबाट जाने जवहारलाल नेहरू रोडमा उचित शौचालय र पेयजलको सुविधा उपलब्ध गराउने दिशामा 29 काबी लोङचोङका विधायक थिन्ले छिरिङ भोटियाले कम्मर कसेका छन्।

उनले आज जवहारलाल नेहरू रोडको निरीक्षण भ्रमण गर्दै राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले राज्यभरि नै पर्यटक र यात्रुहरूको निम्ति सड़क किनारमा शौचालय र पेयजल सुविधाको निम्ति कार्य गर्न दिएको निर्देशनलाई पालन गर्दै आज आफ्नो निर्वाचन क्षेत्रमा रहेको चर्चित पर्यटकीय गन्तव्य छाङ्गु नाथुला जाने सड़क किनारमा आवश्यक पूर्वाधारको विकासको निम्ति निरीक्षण गर्ने कार्य गरे। उनले आज पर्यटन विभाग वन विभाग, निर्वाचन क्षेत्रको बीडीओ, पञ्चायतको साथमा निरीक्षण गरेर चाँडै पर्यटकहरूलाई सुविधा उपलब्ध गराउने दिशामा पहल हुने बताए।

अर्कोतिर, उनले पर्यटकहरूको आवश्यकतालाई ध्यानमा राखेर उनीहरूको गुनासोलाई सुनवाई गर्नकै निम्ति आज विभागीय अधिकारीहरूसित निरिक्षण भ्रमण गरेर भावि कार्य योजना बनाउन सकेको बताए। उनले सिक्किमको पर्यटन विकास र आफ्नो निर्वाचन क्षेत्रको पर्यटकीय सम्भावनाहरूलाई खोजेर त्यसलाई विकास गर्ने दिशामा राज्य सरकार प्रतिबद्ध रहेको बताउँदै मुख्यमन्त्रीको दिशा निर्देशनमा पर्यटन व्यावसायको निम्ति पनि महत्वपूर्ण कार्यहरू भइरहेको बताए।

उऩले 29 कबी लुङचोङ क्षेत्र भएर नै कैलाश मानसरोवर यात्रा शुरु हुने भएकोले हर्षित भएको तथा चाँडै नाथुला सीमा व्यापार पनि खोलिने सम्भावना रहेको बताए। यसले क्षेत्रका स्थानीय मानिसहरूलाई ठूलो मद्दत हुने तथा आर्थिक सामाजिक विकासमा यसको महत्वपूर्ण योगदान रहने बताए। राज्य सरकारले कैलाश मनसरोवर यात्राको निम्ति अहिले पूर्वाधार निर्माण गरिरहेको जुन सर्व सुविधायुक्त हुने बताए।

आज विधायक भोटियाको साथमा जिल्ला पञ्चायत, क्योङनस्ला जीपीयुका अध्यक्ष मिलन शेर्पा सदस्यगण, बीडीओ कबी टासी वाङ्गेल, कबीका एडी ओमनाथ अधिकारी, पर्यटन विभागको अतिरिक्त अभियन्ता सुरेन सुब्बा, कनिष्ठ अभियन्ता, वन विभागका रेञ्ज अफिसर कृष्ण दाहाल, बीओ, नारी शक्ति र युवा कार्यकर्ताहरूको विशेष साथ र सहयोग रहेको थियो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande