
गान्तोक, 18 मई (हि.स.)। पत्र सूचना कार्यालयको पहलमा भोलि 19 मईको दिन गान्तोकमा वार्तालाप नामक मीडिया कार्यशाला कार्यक्रम आयोजना गर्ने तयारी गरिरहेको छ। यस कार्यक्रम आयोजना गरिनुको मुख्य उद्देश्य सञ्चारकर्मीहरूलाई सरकारको प्रमुख पहल र योजनाबारेमा जानकारी गराउनु रहेको छ।
कार्यशालामा सिक्किमसँग सम्बन्धित विभिन्न विषयमाथि सत्र आयोजना गरिने र उक्त सत्रमा मिडियासँग सम्बन्धित सान्दर्भिक विषयलाई समावेश गरिने भएको छ। उक्त कार्यक्रममा भारत सरकारको सूचना तथा प्रसारण मन्त्रालयको पीआईबी पूर्वोत्तर क्षेत्रका अतिरिक्त महानिर्देशक कृपा शंकर यादव कार्यक्रममा मुख्य अतिथिकोरूपमा उपस्थित हुनेछन्।
यस कार्यशालामा गणमान्य व्यक्तिहरूमा मुख्यमन्त्रीका राजनीतिक सचिव विकास बस्नेत, सिक्किम सरकारको सूचना तथा जनसम्पर्क विभागकी सचिव अन्नपूर्ण आले, सिक्किम सरकारको सूचना तथा जनसम्पर्क विभाग निर्देशक उमेश सुनाम, पर्यटन तथा नागरिक उड्डयन विभागका सचिव प्रकाश छेत्री, सिक्किम एक्सप्रेसका सम्पादक अमित पात्रो लगायत अन्य विशिष्ट व्यक्तिहरूको पनि उपस्थिति रहने जानकारी गराइएको छ।
कार्यक्रममा प्यानल चर्चा, अन्तरक्रियात्मक सत्र र अन्य गतिविधिहरू सामेल गरिएको, जसमा मिडियाकर्मी र सरकारी अधिकारीहरूबीच सार्थक बातचितलाई सहज बनाउनका लागि सरकारी नीति र कार्यक्रमहरूलाई राम्रोसँग बुझ्नको निम्ति सहयोग पुग्नेछ।
हिन्दुस्थान समाचार / प्रदीप