गान्तोक, 08 मई (हि.स.)। सेवा एवं सम्पर्क अभियान अन्तर्गत सिक्किम भाजपाले आज गेजिङ जिल्लाको याङथाङ निर्वाचन क्षेत्र अन्तर्गत दरापमा आयुष्मान भारत र ई-श्रमको लागि विशेष कार्ड वितरण सफलतापूर्वक आयोजना गर्यो। यस पहलमा आयुष्मान र ई-श्रम कार्ड प्राप्त गर्ने लाभार्थीहरूको ठूलो उपस्थिति थियो, जसले गर्दा उनीहरूलाई नि:शुल्क चिकित्सा उपचार र सामाजिक सुरक्षा लाभहरूमा पहुँच प्राप्त भयो। उक्त जानकारी प्रदेश भाजपा मिडिया प्रभारी निरेन भण्डारीले प्रेस विज्ञप्तिमा दिएको छ।
कार्यक्रममा राष्ट्रिय परिषद् सदस्य तथा पूर्व विधायक एनके सुब्बा, प्रदेश उपाध्यक्ष दिनेश चन्द्र नेपाल, प्रवक्ता पासाङ ग्याली शेर्पा, मिडिया प्रभारी निरेन भण्डारी, गेजिङका जिल्ला अध्यक्ष दिगुम लिम्बू, कार्यकारी साङ्गे पल्गर, पार्षद विन्ध्या सिन्चुरी आदि उपस्थिति थियो।
प्रदेश अध्यक्ष डीआर थापाको मार्गदर्शनमा भाजपा सिक्किमले राज्यभरि अथक प्रयास गरिरहेको छ ताकि सिक्किमका जनताले केन्द्र सरकारका विभिन्न योजनाहरूबाट लाभ उठाउन सकून् भनी विज्ञप्तिमा उल्लेख छ।
हिन्दुस्थान समाचार / बिशाल