अन्शु गुप्ताले उच्च माध्यमिक परीक्षामा‌ विज्ञानमा 91 प्रतिशत अङ्कसहित बनिन् खरसाङ टप्पर
अन्शु गुप्ता


खरसाङ, 09 मई (हि.स.)। खरसाङको पुष्परानी उच्चत्तर माध्यमिक विद्यालयकी छात्रा अन्शु गुप्ताले यसपालीको उच्च माध्यमिक परीक्षामा 91 प्रतिशत अङ्क ल्याएर खरसाङ टप्पर बनेकी छन्। विज्ञान विषय लिएर पढेकी अन्शुले जम्मा 455 अङ्कसहित 91 प्रतिशत अङ्क प्राप्त गरेकी छन्। पुष्पारानी उच्चत्तर माध्यमिक विद्यालयकी साइना छेत्रीले विज्ञान विषयमा नै 81 प्रतिशत अङ्क ल्याएर विद्यालयको दोस्रो टप्पर बनेकी छन्। यस विद्यालयबाट यसपाली जम्मा 146 जनाले उच्च माध्यमिक परीक्षा दिएका थिए जसमा 85.62 प्रतिशत विद्यार्थीहरु उत्तीर्ण भएको जानकारी प्राप्त भएको छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande