नयाँ दिल्ली, 9 मई (हि.स.)। दक्षिण पश्चिम जिल्लाको साइबर थाना पुलिसले निवेशको नाममा मानिसहरूलाई धोकाधड़ीको शिकार बनाउँदै आइरहेका दुईजना साइबर ठगहरूलाई पक्राउ गरेको छ। यी आरोपीहरूले विभिन्न मोबाइल एप्लिकेशन तथा व्हाट्सएप ग्रुपको माध्यमबाट मानिसहरूलाई शेयर बजार तथा आईपीओमा निवेश गर्ने बहानामा ठगी गर्दै आइरहेका थिए। पुलिसले यिनीहरूबाट तीनवटा स्मार्टफोन, दुईवटा सिम कार्ड र डेबिट कार्ड जफ्त गरेको छ।
दक्षिण पश्चिम जिल्लाका डीसीपी सुरेन्द्र चाैधरी अनुसार पक्रा पर्ने आरोपीहरूको पहिचान प्रशान्त जांगिड़ (25) र प्रद्युम्न सिंह चौहान (26)- को रूपमा भएको छ जो राजस्थानको जयपुर निवासी हुन्।
डीसीपी अनुसार आरोपीहरूले पालम गाउँ निवासी स्यामुअल थोमस सिकायतकर्ताबाट 36.48 लाख रुपियाँ ठगेका थिए।
पुलिस अधिकारी अनुसार जाँचमा थाहा लागेको छ कि आरोपीहरूले केही शेल कम्पनीहरूको नाममा म्यूल (फर्जी) ब्यांक खाता खोलाएका थिए। एउटा खाताको पहिचान पीके इन्टरप्राइज चिड़ावा, राजस्थानको रूपमा भएको छ जहाँबाट लगभग 6 करोड़ रुपियाँको अवैध लेनदेन गरिएको थियो।
तकनिकी निगरानी औ डिजीटल प्रमाणहरूको आधारमा पुलिसले मोहाली (पञ्जाब) तथा आगरा (उप्र)-मा छापा मारेर दुवै आरोपीलाई पक्राउ गऱ्यो। जाँचबुझमा आरोपीहरूले स्वीकार गरे कि उनीहरूले धोकाधड़ीको रुपियाँलाई विभिन्न खाताहरूमा ट्रान्सफर गरेर निकालेका थिए। हाल पुलिसले अन्य आरोपीहरूलाई खोजिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा