साम्बा, 09 मई (हि.स.)। साम्बा जिल्लामा अन्तरराष्ट्रिय सीमामा संदिग्ध आतङ्कवादीहरूद्वारा घुसपैठको एक ठूलो प्रयासलाई बीएसएफले निष्फल गरेको छ। सीमा सुरक्षा बलले शुक्रवार एक्समा 8 मई अबेर राति बीएसएफले जम्मू कश्मीरको साम्बा जिल्लामा अन्तरराष्ट्रिय सीमामा घुसपैठको एक ठूलो प्रयासलाई निष्फल पारेको बताएको छ।
गोलीबारीमा आतङ्कवादीहरू मारिएको भने अहिले स्पष्ट नभएको पनि उल्लेख छ। अधिकारीहरूले भने, बिहान क्षेत्रको गहन खानतलासीपछि सबै कुरा स्पष्ट हुनेछ। घुसपैठको प्रयास त्यस दिन गरियो जब भारतले जम्मू, पठानकोट, उधमपुर र केही अन्य ठाउॅंहरूमा सैन्य ठेगानाहरूमा पाकिस्तानले गरेको मिसाइल र ड्रोन हमलालाई विफल पारेको थियो।
हिन्दुस्थान समाचार / भवानी थामी