सिङताम विद्यालयका विद्यार्थीहरूले राजभवन भ्रमण गरे
सिङताम विद्यालयका विद्यार्थीहरूले राजभवन भ्रमण गरे


गान्तोक, 09 मई (हि.स.)। पीएम श्री सरकारी उच्चतर माध्यमिक विद्यालय, सिङतामका शिक्षक र विद्यार्थीहरूले आज आफ्नो शैक्षिक एवं धरोहर भ्रमणको क्रममा राजधानीस्थित राजभवन परिसर अवलोकन गर्ने अवसर प्राप्त गरे। यस अवसरमा राज्यपाल ओम प्रकाश माथुरले शिक्षक र विद्यार्थीहरूसॅंग भेट ​पनि गरे।

राज्यपालसॅंगको अन्तरक्रिया सत्रमा विद्यालयका एक संकाय सदस्यले विद्यालयले चॉंडै आफ्नो स्थापनाको 75औं वर्ष पालन गर्न लागिरहेको जानकारी गराए। राज्यपालले यस उल्लेखनीय उपलब्धीको लागि विद्यालय समुदायलाई बधाई दिॅंदै राज्य स्थापनाको 50औं वर्षगॉंठको निम्ति पनि बधाई दिए।

राज्यपालले शिक्षालाई उच्च प्राथमिकतामा राख्न विद्यार्थीहरूलाई प्रोत्साहित गर्दै विद्यार्थीहरू राष्ट्रको भविष्यका पथप्रदर्शकहरू रहेको बताए। उनले विद्यार्थीहरू विकसित भारत @2047 भिजनका प्रमुख योगदानकर्ताहरू पनि रहेको उल्लेख गरे।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande