
कोलकाता, 14 जून (हि.स.)। महेश तलाको रविन्द्रनगर क्षेत्रमा भएको हिंसक घटनापछि तृणमूल कंग्रेसका वरिष्ठ नेता अनि डायमण्ड हार्बरबाट सांसद अभिषेक ब्यनर्जीले पार्टी कार्यकर्ताहरूलाई स्पष्ट निर्देश दिएका छन्, उनीहरूले प्रभावित परिवारहरूलाई हरसम्भव सहायतापुऱ्याउन्। पार्टी सूत्रबाट प्राप्त जानकारी अनुसार अभिषेक ब्यनर्जीको निर्देशपछि तृणमूलका स्थानीय नेता तथा कार्यकर्ताहरू सक्रिय भएका छन्। उनीहरूले पीड़ितहरूको घर-घरमा पुगेर आवश्यक राहत उपलब्ध गराइरहेका छन्।
पार्टीसित सम्बन्धित मानिसहरूको भनाइ छ, अभिषेक ब्यनर्जी आपदा अनि संकटको घड़ीमा मानिसहरूको पक्षमा उभिएको यो पहिलो घटना होइन। डायमण्ड हार्बरका जनताले उनलाई लगातार तीन पटकसम्म सांसदमा पठाएका छन् र उनले पनि विपरीत परिस्थितिमा क्षेत्रका मानिसहरूको भरोसा जितेका छन्। महेशतलाको यस घटनामा पनि उनको व्यवहार स्पष्ट छ- पीड़ितहरूलाई एक्लो छोड़िनेछैन।
स्मरण गराइन्छ, बुधवारमहेशतलाकोरविन्द्रनगरमा पसल राखेको विषयमा विवाद उत्पन्न भयो जुनहेर्दा-हेर्दै हिंसक झडपमा परिणत भयो। क्षेत्रमा व्यापक तनाउ फैलिएको छ साथै स्थितिलाई नियन्त्रण गर्नको लागि ठूलो संख्यामा पुलिस बललाई तैनाथ गरिएको छ। ऱ्यापिड एक्शन फोर्स (आरएएफ)-लाई पनि घटनास्थलमा पठाइएको छ। पुलिसको कड़ा कारबाहीपछि स्थिति नियन्त्रित भएको छ।
डायमण्ड हार्बर पुलिसजिल्लाकाएसपी राहुल गोस्वामीलेपहिलाबाटै स्पष्ट पारिसकेका छन्, यस मामिलामा दोषीहरूलाई कुनै पनि प्रकारको छुट दिइनेछैन। पुलिसले शुरूबाटै कड़ाई गरिरहेको छ र मामिलाको जाँच गम्भीर रूपमा गरिँदैछ।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा