दार्जिलिङको साउथफिल्ड कलेजमा विश्व योग दिवस पालन
दार्जिलिङको साउथफिल्ड कलेजमा विश्व योग दिवस पालन


दार्जिलिङ, 21 जून (हि.स.)। दार्जिलिङको साउथफिल्ड कलेजमा आज विश्व योग दिवस पालन गरियो। कलेजका विद्यार्थीवर्ग, प्राध्यापकगण साथै अशिक्षण कर्मचारीवर्गको उपस्थितिमा बिहान सात बजीदेखि आरम्भ भएको उक्त कार्यक्रममा कलेज एनसीसी 5 बङ्गालका एएनओ प्रा ज्ञानश्री प्रधानको नेतृत्वमा सबैले लगभग एक घण्टा योग अभ्यास गरेका थिए।

कलेजकी प्राचार्य डा अनुराधा राई साथै अन्य प्राध्यापकगण साथै विद्यार्थीवर्गमा प्रा ज्ञानश्री प्रधानले जीवनमा योगको महत्त्वबारे प्रकाश पार्दै भारत देशले विश्वलाई नै योगको माध्यमबाट शिक्षित तुल्याइरहेको तथ्यहरू साझा गरिन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande