टुङ-सन्तमेरिज समष्टिका सभासद नुरी शेर्पा र खरसाङ महकुमा वन अधिकारीको भेटघाट
टुङ-सन्तमेरिज समष्टिका सभासद नुरी शेर्पा र खरसाङ महकुमा वन अधिकारीको भेटघाट


सोनादा, 21 जून (हि.स.)। टुंग सन्तमेरिज समष्टि अन्तर्गत रहेका वन विभाग सम्बन्धी विविध समस्याहरुलाई लिएर शनिवार समष्टिका सभासद नुरी शेर्पाले खरसाङ महकुमा वन अधिकारी (डीएफओ) सँग एक औपचारिक भेटघाट गरेका छन्। शनिवार छुट्टीको दिन पनि खरसाङ महकुमा वन अधिकारीले समय दिएपछि उनकै आवासमा यस भेटघाट सम्पन्न भयो।

समष्टि अन्तर्गत रहेका वन विभाग सम्बन्धी विविध विषयहरुलाई उठान गर्दै समष्टि सभासद नुरी शेर्पाले वन अधिकारीलाई विस्तृत रुपमा अवगत् गराए। वन अधिकारीले पनि सबै विषयहरुलाई ध्यानपूर्वक संज्ञानमा लिँदै उचित सामाधानको निम्ति उचित पहल गरिदिने प्रतिश्रुति दिएका छन्।

यसका साथै समष्टिका वन सम्बन्धि धेरै विषयहरुलाई पहिलेबाटनै वन अधिकारीले सामाधानको प्रशस्त मार्गहरु खोलि दिएकोमा समष्टिको पक्षबाट सभासद नुरी शेर्पाले हार्दिक कृतज्ञता एवं आभार प्रकट गरेका छन्। प्रत्येक समस्याका सामाधान पनि यस्तै सौह्रार्दपूर्ण वातावरणमा सही वैचारिक आदान-प्रदानद्वारा नै हुन्छ भन्ने हेतुले समष्टिका विविध समस्याहरुलाई पनि सही निष्कर्ष निकाल्न कटिबद्ध रहेको अनि कर्मनै हाम्रो सिद्धान्तको मूल मन्त्रलाई अप्नाउँदै सकरात्मक कार्यहरु गर्ने सभासद नुरी शेर्पाले विचार व्यक्त गरेका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande