कोटा, 13 जुलाई (हि.स.)। जिल्लाकोबुढादित थाना क्षेत्रमा आइतवार बिहान दिल्ली-मुम्बई एक्सप्रेस-वे मा भयानक सड़क दुर्घटना भयो। चम्बल पुल नजिक इन्दौरदेखि करौली फर्किरहेको एउटा टेम्पो ट्राभलर सड़क किनारमा बिसाएको एउटा ट्रकसित ठोक्कियो। यस घटनामा तीनजना मानिसहरूको घटनास्थलमै मृत्यु भयो भने दशजनाभन्दा अधिक मानिसहरू घाइते भए। घटनाबिहान लगभग बिहान 5 बजे भएको बताइन्छ।
कोटा ग्रामीण पुलिस अधीक्षक सुजीत शंकरले बताए, मृतकहरूको पहिचान सुरेश सोनी, गीता सोनी औअनिलकोरूपमा भएको छ। सबै नै करौलीमा आयोजित एक समारोहमा सामेल भएर इन्दौर फर्किरहेका थिए।
घटनाको सूचना पाउनसाथ पुलिस घटनास्थलमा पुग्यो अनि घाइतेहरूलाई तुरून्तै कोटाको एमबीएस अस्पतालमा पुऱ्यायो। टेम्पो ट्राभलर सम्भवत द्रूत गतिमा थियो जसले गर्दा अगाड़ि बिसाएको ट्रकलाई देख्न सकेन। पुलिस मामिलाको जाँचमा जुटेको छ।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा