गान्तोक, 13 जुलाई (हि.स.)। भारतका पूर्व विदेश सचिव हर्षवर्धन श्रृङ्गलालाई देशकी राष्ट्रपति द्रौपदी मुर्मूले राज्यसभाको लागि मनोनित गरेकी छन्। सिक्किमका लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बाले श्रृङ्गलालाई राज्यसभाको लागि मनोनीत बनेकोमा हार्दिक बधाई दिएका छन्।
सांसद सुब्बाले आज सामाजिक सञ्जाल पोस्टमा पूर्व विदेश सचिव श्रृङ्गलालाई बधाई दिॅंदै उनले असाधारण समर्पणका साथ राष्ट्रको सेवा गरेको बताएका छन्। उनले जी20 अध्यक्षताको लागि भारतको प्रमुख संयोजकको रूपमा श्रृङ्गलाको भूमिकाले उनको उल्लेखनीय नेतृत्व, कूटनीति र संगठनात्मक कुशलतालाई प्रदर्शित गरेको उल्लेख गरेका छन्।
सांसद सुब्बाले हर्षवर्धन श्रृङ्गलाको राज्यसभामा प्रवेश संसदीय ज्ञानमा एक महत्वपूर्ण योगदान बताएका छन्। उनले विदेश मामिला र सार्वजनिक नीतिमा उनको समृद्ध अनुभवले राष्ट्रलाई ठूलो फाइदा पुर्याउने विश्वास व्यक्त गर्दै सफल र प्रभावकारी कार्यकालको लागि शुभकामना व्यक्त गरेका छन्।
उल्लेखनीय छ, राष्ट्रपति द्रौपदी मुर्मूले राज्यसभाको लागि चार नयॉं सदस्यहरू उज्जवल देवराव निकम, सी. सदानन्दन मास्टे, हर्षवर्धन श्रृङ्गला र मीनाक्षी जैनलाई मनोनीत गरेकी छन्।
हिन्दुस्थान समाचार / बिशाल