गान्तोक, 13 जुलाई (हि.स.)। विद्या भारती अखिल भारतीय शिक्षा संस्थानको प्रान्तीय समिति शैक्षिक-सामाजिक संस्था 'विद्या भारती सिक्किम' ले नेपाली साहित्य जगतका एक वरिष्ठ साहित्यकार पद्मश्रीले सम्मानित सानु लामाको निधनमा भावपूर्ण हार्दिक श्रद्धाञ्जलि अर्पण गरेको छ।
विद्या भारती पूर्व क्षेत्रको प्रचार विभाग प्रमुख मोहन शर्माले आज जारी शोक सन्देशमा पद्मश्री पुरस्कारले सम्मानित बहुप्रतिभाशाली व्यक्तित्व सानु लामाको निधनको समाचारले सबैलाई दुखी बनाएको बताएका छन्। उनले भने, उहाँको निधनले ठूलो क्षति पुऱ्याएको छ। साहित्य एवं समाजको विकास, विस्तार, संरक्षण-संवर्द्धनमा उहाँको ठूलो योगदान छ। उहाँको आत्मालाई चीर शान्ति प्राप्त होस्। परिवार-आत्मीयजनमा यो अपूरणीय क्षति सहन गर्ने शक्ति ईश्वरले प्रदान गरुन्।
उनले शैक्षिक-सामाजिक क्षेत्रमा पनि स्व. सानु लामाको प्रयास अतुलनीय रहेको बताएका छन्। उनले स्व. लामाबाट आफूहरूले पनि समय समयमा मार्गदर्शन पाउने गरेका थियौं भनी आफ्नो शोक सन्देशमा उल्लेख गरेका छन्।
हिन्दुस्थान समाचार / बिशाल