नयॉं दिल्ली, 02 जुलाई (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदी बुधवार बिहान पॉंच देशको आठ दिवसीय (02-09 जुलाई) यात्रामा प्रस्थान भएका छन्। उनी सबैभन्दा पहिला घाना पुग्नेछन्। यसपछि त्रिनिदाद र टोबेगो, अर्जेण्टिना, ब्राजील र नामीबिया जानेछन्। प्रधानमन्त्री मोदीले ब्राजीलमा ब्रिक्स शिखर सम्मेलनमा पनि भाग लिनेछन्।
प्रधानमन्त्री मोदी प्रस्थान गर्नुअघि आफ्नो वक्तव्यमा घानाका राष्ट्रपति जन ड्रामानी महामाको निमन्त्रणमा दुई र तीन जुलाईमा घानाको भ्रमणमा रहने बताए। उनले भने, घाना वैश्विक दक्षिणमा मूल्यवान भागीदार हो र अफ्रीकी संघ र पश्चिम अफ्रीकी राज्यहरूको आर्थिक समुदायमा एक महत्वपूर्ण भूमिका निर्वाह गर्दछ।
उनले भने, 'हाम्रो ऐतिहासिक सम्बन्धलाई अझ गहिरो बनाउने र लगानी, ऊर्जा, स्वास्थ्य, सुरक्षा, क्षमता निर्माण र विकास साझेदारीका क्षेत्रमा सहयोगका नयाँ मार्गहरू खोल्ने उद्देश्यले हुने हाम्रो आदानप्रदानको लागि म तत्पर छु। साथै, लोकतन्त्रको रूपमा घानाको संसदमा बोल्न पाउनु मेरो लागि सम्मानको कुरा हुनेछ।'
हिन्दुस्थान समाचार / भवानी थामी