बिहार मन्त्रीपरिषदको बैठकमा युवा आयोगको गठनलाई दिइयो स्वीकृति
बिहार मन्त्रीपरिषदको बैठकमा युवा आयोगको गठनलाई दिइयो स्वीकृति


पटना, 08 जुलाई (हि.स.)। मुख्यमन्त्री नीतीश कुमारको अध्यक्षतामा मंगलवार मन्त्री परिषदको बैठक सम्पन्न भयो। बैठकमा बिहार युवा आयोगको गठन सहित मोठ 43 वटा प्रस्तावहरूलाई स्वीकृति दिइयो।

मुख्यमन्त्रीले युवा आयोगको गठन गर्ने विषयलाई एक्शमा शेयर गर्दै लेखे, मलाई यो बताउन पाउँदा प्रसन्नता भइरहेको छ कि बिहारका युवाहरूलाई अधिकभन्दा अधिक रोजगारको अवसर उपलब्ध गराउन, उनीहरूलाई प्रशिक्षित गर्न तथा सशक्त अनि सक्षम बनाउने उदेश्यले राज्य सरकारले बिहार युवा आयोग गठन गर्ने निर्णय लिइएको छ। आज क्याबिनेटद्वारा बिहार युवा आयोगको गठनलाई स्वीकृति दिइएको छ। समाजमा युवाहरूको स्थितिमा सुधार अनि उत्थानसित सम्बन्धित सबै मामिलाहरूमा सरकारलाई सल्लाह दिनमा यस आयोगको महत्वपूर्ण भूमिका हुनेछ। युवाहरूलाई उन्नत शिक्षा अनि रोजगार सुनिश्चित गर्नको लागि सरकारी विभागहरूसित यो आयोगले समन्वय गर्नेछ।

मुख्यमन्त्रीले अझ् लेखे, बिहार युवा आयोगमा एक जना अध्यक्ष, दुई जना उपाध्यक्ष र सात जना सदस्यहरू हुनेछन् जसको अधिकतम उमेर 45 वर्ष रहनेछ। यो आयोगले यस कुराको निगरानी गर्नेछ, राज्यका स्थानीय युवाहरूलाई राज्यभित्रै निजी क्षेत्रका रोजगारहरूमा प्राथमिकता प्राप्त होस्। साथै राज्य बाहिर अध्ययन गर्ने तथा काम गर्ने युवाहरूको हितको पनि रक्षा होस्। सामाजिक बिसंगतिहरूलाई प्रेरित गर्ने मदिरा एवं अन्य मादक पदार्थहरूको रोकथामको लागि कार्यक्रम बनाएर सरकारलाई निवेदन पठाउनु पनि यसको महत्वपूर्ण कार्य हुनेछ। राज्य सरकारको यस दूरदर्शी पहलको उदेश्य हो, यस आयोगको माध्यमबाट युवाहरूलाई आत्मनिर्भर, दक्ष अनि रोजगारमुखी बनाउने ताकि उनीहरूको भविष्य सुरक्षित होस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande