कोलकाताको पश हाउसिंग कम्प्लेक्स नजिक नहरमा भेटियो युवकको शव, हत्या भएको आशंका
कोलकाताको पश हाउसिंग कम्प्लेक्स नजिक नहरमा भेटियो युवकको शव, हत्या भएको आशंका


कोलकाता, 08 जुलाई (हि.स.)। महानगर कोलकाताको आनन्दपुर क्षेत्रस्थित पश हाउसिंग कम्प्लेक्स नजिकै एउटा नहरबाट मगंलवार एक जना युवकको शव भेटियो। पुलिसले मामिलाको पुष्टि गर्दै बतायो, मृतकको पहिचान अहिलेसम्म हुन सकेको छैन।

एक जना अधिकारीले बताए, हामीले हरेक स्तरबाट मामिलाको जाँच गरिरहेका छौं। हत्याको सम्भावनालाई अस्वीकार गर्न सकिँदैन। शवलाई पश हाउसिंग सोसाइटी नजिकै अवस्थित नहरबाट उद्धार गरिएको हो। उनले अझ भने, शवलाई पोस्टमर्टम गर्नको लागि पठाइएको छ। हाल अप्राकृतिक मृत्युको मामिला दर्ता गरिएको छ।

पुलिसले सबै स्थानको ध्यानपूर्वक जाँच गरिरहेको छ जहाँबाट शव भेटिएको थियो। पोस्टमर्टम रिपोर्टपछि मृत्युको कारण स्पष्ट हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande