कोकराझार (असम), 8 जुलाई (हि.स.)। बोडोल्याण्ड क्षेत्रीय परिषद (बीटीसी)-को आगामी चुनाउलाई मध्यनजर गर्दै अहिलेघरि सब राजनीतिक दलहरू सक्रिय भएका छन्। यसै क्रममा नवकुमार सरनियाको जन सुरक्षा पार्टीले पनि आफ्ना गतिविधिहरूलाई सक्रियतापूर्वक अगाड़ि बढ़ाइरहेको छ।
चिथिलामा आयोजित एक जनसभामा थुरिबाड़ी क्षेत्रबाट महिला उम्मेदवार झुम्पा दत्ताले आफ्नो उम्मेद्वारीको दावेदारी पेश गरिन्। यस कार्यक्रममा नवकुमार सरनियाले कृषि विभागमा भएको घोटालाको जाँच गर्नुपर्ने माग उठाए। उनले यो पनि भने, बीपीएफ र जन सुरक्षा पार्टीबीच गठबन्धनको घोषणा यसै जुलाई महिनाको अन्तमा हुनसक्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा