सिलगढ़ी, 08 जुलाई (हि.स.)। जिल्लामा सड़क सुरक्षा सप्ताह अन्तर्गत सिलगढ़ी मेट्रोपोलिटन पुलिसको यातायात विभागको तर्फबाट जागरूकता ऱ्याली आयोजना गरिँदै आएको छ। यसै क्रममा विभिन्न विद्यालय एवं स्थानहरूमा ‘सेफ ड्राइभ, सेभ लाइफ’ अभियान अन्तर्गत जागरूकता फैलाउने प्रयास गरिँदैछ।
मंगलवार पनि पानीट्यांकी यातायात पुलिसको पक्षबाट सिलगढ़ीको महात्मा गान्धी मोड़मा एक जागरूकता कार्यक्रम अनि ऱ्याली आयोजना गरियो।सिलगढ़ी पुलिस कमिश्नर सी. सुधाकरन, डिप्टी पुलिस कमिश्नर विश्व चन्द ठाकुर, सिलगढ़ी एसडीओ अवध सिंघल, एसजेडीएका चेयरम्यान दिलीप दुगड़ औ सिलगढ़ीका मेयर गौतम देवले जागरूकता ऱ्यालीलाई हरियो झण्डी देखाएर प्रस्थान गराए।
यस अवधि विभिन्न सांस्कृतिक कार्यक्रमहरूको माध्यमबाट मानिसहरूलाई जागरूकता सन्देश दिइयो। साथै वाहनहरूमा जागरूकता स्टीक टाँसियो। हेलमेट नलगाएका बाइक सवारहरूलाई हेलमेट पनि प्रदान गरियो। यस अवसरा अतिथिहरूले भने, ऱ्यालीको उदेश्य युवाहरूमा सड़क सुरक्षाप्रति दायित्वबोध गराउनु हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा