कोलकाता, 8 जुलाई (हि.स.)। पश्चिम बंगालका सरकारी स्कूलहरूमा ग्रुप-सी र ग्रुप-डी श्रेणीका ती अशिक्षण कर्मचारीहरूको एक वर्गले यस वर्षको गत अप्रेल महिनामा उच्चतम न्यायालयको आदेशपछि पदबाट हटाइएको थियो। आज राज्य सचिवालय नवान्नसम्म विरोध मार्च निकालिँदैछ।
विरोध मार्चलाई मध्यनजर गर्दै नवान्न तथा यस वरिपरी कड़ा सुरक्षा व्यवस्था गरिएको छ। राज्य सचिवालयका चारैतिर तीन स्तरीय सुरक्षा घेरा बनाइएको छ भने सबै सम्पर्क मार्गहरूलाई ब्यारिकेड्स राखेर बन्द गरिएको छ।
उल्लेखनीय छ, ग्रुप-सी एवं ग्रुप-डी अधिकार मञ्च-को ब्यानरमा एकजुट भएका यी कर्मचारीहरूले आफ्नो चारवटा प्रमुख मागहरूलाई लिएर राज्य सरकारसित समाधानको माग गरिरहेका छन्। मञ्चको दाबी छ, रद्द गरिएका नियुक्तिहरूमध्ये 3,395 नियुक्ति पूर्णतः निष्कलंग थियो जसलाई तत्काल पुनर्बहाल गरिनुपर्छ। नियुक्तिमा अनियमितता पाइएकोहरूलाई तत्काल बर्खास्त गर्नुपर्छ।
दोस्रो माग छ, पश्चिम बंगाल स्कूल सेवा आयोगद्वारा योग्य कर्मचारीहरूको प्रमाणित सूची तुरून्त प्रकाशित गरियोस्। तेस्रो माग, सबै उम्मेद्वारहरूको ओएमआर उत्तर पुस्तिका सार्वजनिक गरियोस् ताकि वैध र अवैध नियुक्तिहरू छुट्टिन सकोस्। यसरी नै चौथो मा रहेको छ, स्थायी समाधान नहुञ्जेलसम्म राज्य सरकारले निर्दोष कर्मचारीहरूको लागि वैकल्पिक व्यवस्था गरोस् अनि दोषीहरूलााई यसमा सामेल नगरियोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा