मणिपुरमा तीन जना उग्रवादी पक्राउ
मणिपुरमा तीन जना उग्रवादी पक्राउ


इम्फाल, 08 जुलाई (हि.स.)। मणिपुरमा पुलिस औ सुरक्षा बलहरूद्वारा अलग-अलग क्षेत्रहरूमा संचालित अभियानहरूमा प्रतिबन्धित संगठनहरूसित आवद्ध तीन जना उग्रवादीहरूलाई पक्राउ गरिएको छ।

पुलिस मुख्यालयबाट मंगलवार प्राप्त जानकारी अनुसार बितेको 7 जुलाईमा संचालित अभियान अवधि कांगलिपाक कम्युनिस्ट पार्टी (पिपुल्स वार ग्रुप)- का एक जना सक्रिय क्याडरलाई पक्राउ गरियो जसको पहिचान हुइनिंगसुंगबाम जर्ज बुश मैतेई उपनाम लालोइबा (18)- को रूपमा भएको छ जसमाथि बलजफ्ती असुलीका गतिविधिहरूमा सामेल रहेको आरोप छ। आरोपीलाई इम्फाल पश्चिमको लैम्फेल ग्रेस कलोनीबाट पक्राउ गरिएको हो। अधिकारीहरूले उसको कब्जाबाट एउटा मोबाइल फोन, एउटा आइप्याड एयर र एउटा आधार कार्ड जफत गरेका छन्।

यसरी नै इम्फाल पूर्वमा संचालित अर्को अभियानमा पिपुल्स रिभोल्यूशनरी पार्टी अफ कांगलिपाक (पीआरईपीएके)- का सक्रिय सदस्य थोकचोम विल्सन सिंह उपनाम बिके (26)-लाई बामोन कम्पू मायाई लिकाईबाट पक्राउ गरियो। उसले कथित रूपमा काँचीपुर, मन्त्रिपुखरी औ काकवा जस्ता क्षेत्रहरूमा स्थानी पसले अनि खुदरा विक्रेताहरूबाट बलजफ्ती असुली गरिरहेका थिए।

यस अतिरिक्त थौबल जिल्लाबाट अर्को उग्रवादीलाई पक्राउ गऱ्यो जसको पहिचान खुमानथेम बिक्रमजीत सिंह (43)- को रूपमा भएको छ जसले पीआरईपीएके (पीआरओ) सहित भूमिगत समूहहरूलाई सिम कार्ड आपूर्ति गर्दथे। यी सिम कार्डहरूको कथित रूपमा म्यानमारस्थित उग्रवादीहरूद्वारा थौबलका मानिसहरूबाट पैसा असुल्नको लागि प्रयोग गरिन्थ्यो। पुलिसले उसको कब्जाबाट एउटा मोबाइल फोन, दुईवटा सिम कार्ड औ विभिन्न सेवा प्रदाताहरूहरूको सयवटाभन्दा अधिक अतिरिक्त सिम कार्ड जफत गरियो।

पुलिसले यातायात उल्लंघनमाथि पनि आफ्नो कारबाहीलाई जारी राख्दै 7 जुलाईको दिन 15 वटा चलान जारी गऱ्यो। केही दिनअघि एक विशेष अभियान अन्तर्गत 16 वटा वाहनहरूबाट रंगीन फिल्मलाई हटाइयो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande