जयपुर, 8 जुलाई (हि.स.)। पूर्व मुख्यमन्त्री अशोक गहलोतले केन्द्र सरकारलाई दलित, आदिवासी एवं गरीब विरोधी बताउँदै आरोप लगाए, भाजपा नेताहरूका छोरा-छोरीहरू आरामपूर्वक विदेशहरूमा पढ़िरहेका छन्, किनभने उनीहरूले सत्ताको आनन्द उठाइरहेका छन्। गरीब एवं मध्यम वर्गीय दलित, आदिवासी, किसान परिवारका छोरा-छोरीहरूले भने मिहेनती, योग्य र प्रतिभाशाली हुँदाहुँदै पनि स्कलरशिप पाउन सक्दैनन्, किनभने भाजपा सरकारलाई यस्तो मन पर्दैन।
गहलोतले नेशनल ओभरसीज स्कलरशिपलाई अड़्काएको आरोप लगाउँदै सोशल मीडिया प्लेटफर्म एक्समा पोस्ट गरे, केन्द्र सरकारको विचारधारा दलित, आदिवासी एवं गरीब-मध्यम वर्गीय परिवार विरोधी छ, त्यसैले पण्डित नेहरूको सरकारदेखि चल्दै आइरहेको नेशनल ओभरसीज स्कलरशिपसम्मलाई अड़्काइरहेको छ। यस स्कलरशिपको निम्ति यी परिवारहरूका 106 जना विद्यार्थीहरू सेलेक्ट भए पनि 40 जनालाई मात्र स्कलरशिप दिइयो, किनभने प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा रहेको क्याबिनेट कमिटी अफ इकोनमिक्स अफेयर्सले यसलाई स्वीकृति दिएको छैन।
उनले यस सम्बन्धमा राजस्थान सरकारमाथि पनि आरोप लगाउँदै लेखे, यसरी नै राजस्थानमा हाम्रो कंग्रेस सरकारको समयमा 5 सय बाल-बालिकाहरूलाई विदेशमा शिक्षा दिलाउने राजीव गान्धी स्कलरशिप फर एकाडेमिक एक्लिसेन्सलाई प्रदेशको भाजपा सरकारले कमजोर बनाएको छ। यसमा पहिला विदेशी संस्थानहरूमा जाने विद्यार्थीहरूको संख्या घटाएर 3 सय बनाइयो भने अब उनीहरूको समयमा पैसा दिरहेको छैन जसकारण उनीहरूको एडमिशन समेत अड़्किएको छ।
गहलोतले लेखे, नेता प्रतिपक्ष राहुल गान्धीले पूर्वमा पनि केन्द्र सरकारलाई पत्र लेखेर तथा संसदमा आफ्नो भाषणको माध्यमबाट स्कलरशिपमा भइरहेको यस किसिमको कटौतीलाई लिएर कैयौं पटक चेताउनी दिएको भए पनि केन्द्र सरकारले त्यसलाई सुधारिरहेको छैन। यदि यस्तै अवस्था जारी रहे हाम्रो देशका धेरैजना प्रतिभाहरू संसाधनहरूको अभावमा अघि बढ़ान सक्नेछैनन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा