कलकत्ता हाईकोर्ट सामू दुई महिलाले गरे आत्मदाहको प्रय़ास
कलकत्ता


कोलकाता, 12 अगस्त (हि.स.)। कलकत्ता हाईकोर्ट सामू मंगलवार त्यस समय कोकोहोलो मच्चियो, जब दक्षिण 24 परगनाका दुई महिलाले आफूमाथि केरोसिन हालेर आत्मदाहको प्रय़ास गरे। घटनास्थलमा उपस्थित पुलिसकर्मीहरूको सतर्कताले ठूलो दुर्घटना टऱ्यो। दुवैलाई तुरन्तै एसएसकेएम अस्पताल लगियो।

जानकारी अनुसार, यी महिलाहरू दक्षिण 24 परगनाको विष्णुपुर थानान्तर्गत आमगाछिया क्षेत्रका निवासी हुन्। यिनीहरूको आरोप छ, जुन सहकारी समितिका यिनीहरू सदस्य थिए, त्यस समितिले यिनीहरूलाई सदस्यता सूचीबाट हटायो। यो समिति “आमगाछिया सृष्टि संघ प्राथमिक बहुउद्देशीय सहकारी समिति लिमिटेड” को नामले 2017 मा गठित भएको थियो। यस साल भएको चुनाउमा धेरै सदस्यहरूको नाम सूचीबाट निकालिएको थियो, जसमा यी दुई महिला पनि सामेल थिए।

पीड़िताहरूले यस मामिलामा हाईकोर्टमा याचिका दर्ता गरेका थिए। डिविजन बेञ्चले आदेश दिएको थियो कि सदस्यता सूची पुनः प्रकाशित गरियोस् तर समितिले अदालतको आदेशको पालन नगरेको आरोप छ। साथै महिलाहरूले यो पनि आरोप लगाए कि समितिले लामो समयदेख ऊच्च ब्याजको प्रलोभन दिएर मानिसहरूबाट पैसा लियो र त्यो राशि फर्काइरहेको छैन। मंगलवार यही आक्रोशमा महिलाहरू हाईकोर्ट सामू पुगे।

प्रत्यक्षदर्शीहरू अनुसार, अचानक एक महिलाले आफ्नो ब्यागबाट केरोसिनको बोतल निकालेर आफ्नोमाथि हाल्नु शुरू गरिन्। यो देख्नसाथ त्यहाँ उपस्थित मानिसहरू चिच्याउन थाले औं पुलिस तुरन्तै घटनास्थलमा पुग्यो। पुलिसकर्मीहरूले महिलाहरूलाई रोकेर उनीहरूको ज्यान बचायो। हेयर स्ट्रीट थाना पुलिसले मामिलाको जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande