छत्तीसगढ़का इलेक्ट्रिक वाहन खरीदारहरूले पाए 138 करोड़ रूपियाँभन्दा अधिकको सब्सिडीः केन्द्रिय राज्य मन्त्री
राज्य


रायपुर, 12 अगस्त (हि.स.)। छत्तीसगढ़मा इलेक्ट्रिक वाहन (ईवी) किन्ने उपभोक्ताहरूलाई केन्द्र सरकारबाट ठूलो राहत प्राप्त भएको छ। गत तीन वर्षमा राज्यका खरीददारहरूलाई दुई प्रमुख ईवी प्रोत्साहन योजनाहरू अन्तर्गत 138 करोड़ रूपियाँभन्दा अधिकको सब्सिडी प्रदान गरिएको छ। केन्द्रिय भारी उद्योग राज्य मन्त्री भूपतिराजू श्रीनिवास वर्माले यो जानकारी मंगलवार लोकसभामा रायपुरका सांसद बृजमोहन अग्रवालको प्रश्नको उत्तरमा दिए।

केन्द्रिय राज्यमन्त्री वर्माल बताए, अप्रेल 2022 देखि मार्च 2024 बीच राज्यमा 33,552 इलेक्ट्रिक वाहन बेचियो। खरीददारहरूलाई यस अवधि कूल 121.26 करोड़ रुपियाँको सब्सिडीको लाभ प्राप्त भयो। इलेक्ट्रिक मोबिलिटी प्रमोशन स्कीम 2024, जुन केवल छह महिना अर्थात् अप्रेलदेखि सेप्टेम्बर 2024 सम्म प्रभावी रह्यो, यसको पनि उल्लेखनीय असर देख्न पाइयो। यस अवधि छत्तीसगढ़मा 13,091 इलेक्ट्रिक दुईचक्के र तीन चक्के वाहन बेचियो, जसमा खरीददारहरूलाई कूल 16.74 करोड़ रूपियाँको सब्सिडी दिइयो।

अधिकारीहरूले स्पष्ट गरे, यी दुई योजनाहरू अन्तर्गत खरीददारहरूलाई छुट्टै आवेदन गर्ने आवश्यकता पर्दैन। सब्सिडी सीधा वाहनको खरीद मूल्यबाट घटाएर दिइन्छ र पछि भारी उद्योग मन्त्रालयले यो राशि मूल उपकरण निर्माता कम्पनीहरू (ओईएम) लाई फर्काउँदछ। यस कारण राज्यमा कुनै प्रकारको पनि भुकतान लम्बित छैन। बेट्रीले चल्ने स्कूटर, तीन चक्के र कारहरूको बढ्दो लोकप्रियता र सरकारको निरन्तर सहायताको साथ छत्तीसगढ़ स्वच्छ र हरित परिवहनको दिशामा तीव्र गतिमा अघि बढ़िरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande