बीजापुर, 12 अगस्त (हि.स.)। छत्तीसगढ़को बीजापुर जिल्लामा नक्सली भिड़न्तमा मंगलवार 2 जवान घाइते भएका छन्। जसलाई एयरलिफ्ट गरी रायपुर रेफर गरिएको छ। अहिले दुवै जवानको स्थिति खतरादेखि बाहिर बताइएको छ।
बीजापुर जिल्लाको जगंगालूर थाना क्षेत्रमा नक्सलीहरूको उपस्थितिको सूचना पाइएपछि 11 अगस्तमा जवानहरूलाई सर्च अपरेशनमा पठाइएको थियो। आज बिहान जब जवान जंगलमा पुगे तब नक्सलीहरूले गोलीबारी शुरू गरे। पुलिस र नक्सलीहरूबीच भिड़न्तमा दुवैतर्फबाट गरिएको गोलीबारीमा दुई जवान घाइते भएका छन्, जसलाई एयरलिफ्ट गरी रायपुर रेफर गरिएको छ। अहिले दुवै जवानको स्थिति खतरादेखि बाहिर छ। पुलिसले भिड़न्तमा धेरै नक्सलीहरू मारिएको तथा घाइते भएको दाबी गरेको छ।
आईजी सुन्दरराज पीले भिड़न्तको पुष्टि गर्दै बताए, गंगालूर थानादेखि डीआरजीको टीम नक्सल विरोधी अभियानमा निस्केको थियो। जंगलमा घात लगाएका नक्सलीहरूले पुलिसमाथि गोलीबारी शुरू गरे। पुलिसले पनि तुरन्तै मोर्चा सम्हाल्दै जवाबी कारबाही गऱ्यो। लगभग एक घण्टाको भिडऩ्तपछि अन्ततः नक्सली घना जंगल र पहाड़को आड़ लिएर भागे। नक्सली गोलीबारीमा डीआरजीका दुई जवान घाइते भएका छन्। यस भिड़न्तमा धेरै नक्सलीहरू घाइते भएको सम्भावना छ।
आईजीले बताए, आक्रमणकारी नक्सलीहरूको खोजमा अतिरिक्त पुलिस पार्टी पठाइएको छ, साथै क्षेत्रमा सर्चिङ तीव्र गरिएको छ। अभियान पूरा भएपछि विस्तृत विवरण उपलब्ध गराइनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी