गोलाघाट, 12 अगस्त (हि.स.)। गोवा पुलिसको प्रथम, द्वितीय र तृतीय इण्डिया रिजर्भ बटालियनको कूल 700 रंगरूटहरूले असमको देरगाउँ स्थित लाचित बरफूकन पुलिस अकादमी (एलबीपीए) मा 43 हप्ताको बेसिक ट्रेनिङ कोर्स सफलतापूर्वक पूरा गरे। मंगलवार अकादमी परिसरमा भव्य पासिङ आउट परेडको आयोजन गरियो।
कार्यक्रममा गोवाका मुख्यमन्त्री डा. प्रमोद सावन्त, असमका मुख्यमन्त्री डा. हिम्मत बिस्व सरमा, दुवै राज्यका पुलिसका वरिष्ठ अधिकारी र रंगरूटहरूका परिजन उपस्थित रहे। रंगरूट 04 अक्टूबर, 2024 मा विशेष ट्रेनमा एलबीपीए पुगेका थिए र उनीहरूले शारीरिक फिटनेस, मानसिक मजबूती, फील्ड टेक्टिक्स र हतियार संचालन जस्ता कठोर ट्रेनिङ लिए। यो ब्याच ऐतिहासिक रह्यो किनभने यसमा असम, मणिपुर र गोवा पुलिसका रंगरूटहरूले एकसाथ प्रशिक्षण प्राप्त गरे। यसबाट अन्तरराज्यिय सौहार्द र पेशावर आदान-प्रदान बढ्नेछ।
परिवारहरू र अधिकारीहरूको उपस्थितिमा आयोजित रेडमा रंगरूटहरूले अनुशान र सठीकताको प्रदर्शन गरे। परेडको समीक्षा वरिष्ठ अधिकारीहरूले गरे औं समारोहमा शपथ ग्रहण, मार्च पास्ट, पुरस्कार वितरण र ‘पैन्थर्स अन व्हील्स’ यूनिटको विशेष प्रदर्शन सामेल थियो। हल्का वर्षाबीच पनि रंगरुटहरूको जोश कायम रह्यो।
यस अवसरमा गोवाका मुख्यमन्त्रील रंगरूटहरूको समर्पण र प्रशिक्षण अवधि उनीहरूमा भएको परिवर्तनको सराहना गरे। उनले अनुशासन, ईमानदारी र जनेसवालाई पुलिस सेवाको मूल स्तम्भ बताए। उनले असमका मुख्यमन्त्रीको सहयोगको सराहना गरे। लाचित बरफूकन पुलिस अकादमी देशको अग्रणी पुलिस प्रशिक्षण केन्द्रहरूमध्ये एक हो। यहाँबाट अहिलेसम्म हजारौं रंगरूटहरू प्रशिक्षित भइसकेका छन्।
हिन्दुस्थान समाचार / भवानी थामी