कोलकाता, 16 सेप्टेम्बर (हि.स.)। कोलकाताको न्यू टाउनमा गए सोमवार साँझ इको पार्क नजिक एउटा द्रूत गतिको बाइकले साइकल सवारलाई ठक्कर दियो। यस दुर्घटनामा 55 वर्षीय साइकल चालक हरिचरण दासको मृत्यु भयो भने बाइक सवार युवक र पछि बसेका दुईजना युुवतीहरू घाइते भए। यीमध्ये बाइक चालक र एकजना युवतीको अवस्था गम्भीर रहेको बताइएको छ।
पुलिसले बतायो, एउटै बाइकमा तीन जना मानिसहरू सवार थिए। बाइक युवकले चलाइरहेको थियो भने दुई जना युवतीहरू पछि बसेका थिए। प्रत्यक्षदर्शीहरू अनुसार कसैले पनि हेलमेट लगाएको थिएन। बाइक आंकक्षा मोड़ तर्फ विश्वबंगलातिर गइरहेको थियो। यसै बेला हरिचरण दास आफ्नो साइकलमा सर्भिस रोड भएर गुज्रिरहेका थिए। अचानक बाइक अनियन्त्रित भएर साइकलसित ठोक्कियो जसले गर्दा सबैजना भुइँमा लड़े।
वरपरका मानिसहरूले सबै घाइतेहरूलाई उठाएर भीआईपी रोडस्थित एक निजी अस्पतालमा पुऱ्याए जहाँ डाक्टरहरूले हरिचरणलाई मृत घोषित गरिदिए। बाइक चालकको स्थिति अहिले पनि गम्भीर छ।
प्रत्यक्षदर्शीहरूको भनाइ छ, बाइक सवार युुवतीहरूले मोबाइलबाट भीडियो बनाइरहेका थिए, सायद सोशल मीडिया रिल्स शुट गरिरहेका थिए। यद्यपि पुलिसले भनेको छ, सम्पूर्ण मामिलाको जाँच भइरहेको छ र सीसीटीभी फुटेजको पनि जाँच गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा