गुड़िरहेको रेलभित्रै महिलाले बच्चा जन्माइन्
गुड़िरहेको रेलभित्रै महिलाले बच्चा जन्माइन्


हुगली, 16 सेप्टेम्बर (हि.स.)। गए सोमवार राति पानी परिरहेको समय अप कञ्चनकन्या एक्सप्रेसको सामान्य डब्बाको शौचालयमा एक जना महिलाले बच्चा जन्माइन्। घटना बारे जानकारी पाउनसाथ जीआरपीले आणा र नवजात दुवैलाई आफ्नो हेरचाहमा राख्यो।

हुगलीको कामारकुण्डु स्टेशनमा ड्यूटीमा तैनाथ रेल पुलिस अधिकारीहरूले थाहा पाउनसाथ आमा र बच्चा दुवैलाई स्ट्रेचरमा बोकेर नजिकैको सिंगुर ग्रामीण अस्पतालमा पुऱ्याए। अस्पताल सूत्रानुसार हाल आमा र नवजात दुवै स्वस्थ छन्।

जीआरपी सूत्रले बतायो, गए सोमवार राति साढ़े नौ बजीपछि सामान्य वर्षा भइरहेको थियो। यसै अवधि पुलिस अधिकारीले कामारकुण्डु स्टेशनमा रोकिएको लोकल ट्रेनमा जाँच गरिरहेका थिए। यसै बेला सूचना प्राप्त भयो कि अप कञ्चनकन्या एक्सप्रेसमा एकजना महिलाले बच्चा जन्माएकी छन्। महिलाका पति लेकटाउन निवासी नयन मोल्लाले ट्रेन बाहिर उभिएर असहाय भएर सहयोगको गुहार मागिरहेका थिए।

सूचना पाए लगत्तै महिला पुलिस र पतिको उपस्थितिमा आमा र बच्चालाई सुरक्षित उतारियो। त्यसपछि पुलिस वाहन मार्फत अस्पताल लगियो जहाँ उनीहरूको उपचार भइरहेको छ। दुवै नै पूर्ण रूपले सुरक्षित छन्।

यस्तो विपरीत परिस्थितिमा रेलवे पुलिसले उनीहरूलाई गरेको सहयोग अत्यन्त सराहनीय छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande