स्टुडेण्ट्स क्रेडिट कार्ड योजना अन्तर्गत शिक्षा ऋणको राशि सबै आवेदकहरूको लागि अब ब्याजरहित हुनेछः नीतीश कुमार
स्टुडेण्ट्स क्रेडिट कार्ड योजना अन्तर्गत शिक्षा ऋणको राशि सबै आवेदकहरूको लागि अब ब्याजरहित हुनेछः नीतीश कुमार


पटना, 16 सेप्टेम्बर (हि.स.)। बिहारमा आगामी केही महिनाभित्रै विधानसभा चुनाउ हुन गइरहेको छ। यस चुनावी पृष्ठभूमिमा आम जनतालाई आकर्षित पार्न सरकारले विभिन्न घोषणाहरू गरिरहेको छ। यसै क्रममा मंगलवार मुख्यमन्त्री तीनीश कुमारले फेरि अर्को घोषणा गरेका छन्।

मुख्यमन्त्री नीतीश कुमारले आफ्नो सोशल मीडिया ह्याण्डलबाट घोषणा गर्दै भने, बिहारमा 07 निश्चय योजना अन्तर्गत 12औं कक्षा उतीर्ण विद्यार्थीहरू जसले उच्च शिक्षा हासिल गर्न चाहन्छन्-को लागि 2 अक्टोबर, 2016-देखि बिहार स्टुडेण्ट क्रेडिट कार्य योजना लागू गरेको छ।

बिहार स्टुडेण्ट क्रेडिट कार्ड योजनाअन्तर्गत उच्च शिक्षा प्राप्त गर्नको लागि अधिकतम 4 लाख रुपियाँको शिक्षा ऋण सामान्य आवेदकलाई 04 प्रतिशतको ब्याज दरमा तथा महिला, दिव्यांग तथा ट्रान्सजेण्डर आवेदकहरूलाई मात्र 01 प्रतिशत ब्याज दरमा दिइन्छ।

मुख्यमन्त्रीले भने, मलाई यो घोषणा गर्न पाउँदा अत्यन्त खुशी लागिरहेको छ कि अब स्टुडेण्ट क्रेडिट कार्ट योजना अन्तर्गत दिइने ऋणको राशि सबै आवेदकहरूको लागि ब्याज रहित हुनेछ।

साथै02 लाख रुपियाँसम्मको शिक्षा ऋणलाई 60 मासिक किस्तामा (05 वर्ष)-मा फर्काउने प्रावधान थियो जसलाई अब बढ़ाएर अधिकतम 84 मासिक किस्ता (07) वर्षमा तथा 02 लाखभन्दा माथि ऋणलाई 84 मासिक (07वर्ष) किस्तामा फर्काउने प्रावधान गरिएको छ।

उनले भने, हाम्रो उदेश्य हो राज्यका अधिकभन्दा अधिक विद्यार्थीहरूले उच्च शिक्षा प्राप्त गर्न सकुन्। उच्च शिक्षाको लागि प्रदान गरिने शिक्षा ऋणमा दिइने यस किसिमको सुविधाबाट विद्यार्थीहरूको मनोबल बढ़्छ अनि अधिक उत्साह तथा लगनशील भएर उच्च शिक्षा प्राप्त गरी आफ्नो भविष्यसँगसँगै राज्य तथा देशको भविष्य पनि उज्जवल बनाउनेछन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande